माघ ३ गते २०७७

प्रचण्ड- माधवलाई ओलीको आह्वान -‘सूर्य’ चाहिए पार्टीको बैठकमा आउनुस्

काठमाडौं, ३ पुष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिकता र चुनाव चिन्ह ‘सूर्य’ चाहिएको भए पार्टीको बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । नेकपा ओली समूहको प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा गएर हामी यहाँ छौँ भन्दैमा आधिकारिकता नपाइने बताए । जीवनमा कहिल्यै सूर्यमा चुनाव नलडेको व्यक्तिले समेत दावी गरेको भन्दे ओलीले चिन्ह चाहिए पार्टीमा आउन आह्वान गरे ।