वैशाख ३० गते २०७९
मधेश प्रदेशको रामा यादव स्मृति पत्रकारीता पुरस्कार अनिशा श्रेष्ठलाई
पोखरा, ३० वैशाख ।
रौहतट जिल्लाको सदुरमुकाम गौरबाट सञ्चालित रेड टेलीभिजनका संस्थापक श्रीमती रामा यादवको सम्झनामा स्थापित स्वर्गिय रामा यादव पत्रकारिता पुरस्कार पोखराकी अनिशा श्रेष्ठलाई प्रदान गरीने भएको छ । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयु मै संचार क्षेत्रमा क्रियाशिल यादवको कोरोनाका कारण मृत्यु भएको थियो ।
लामो समय संचार क्षेत्रका कार्यगरेकी यादवलाई सम्झना गर्दै श्रीमान जय प्रकाश यादवद्धारा स्थापीत यो पुरसकार मोफोसलमा रहेर पत्रकारीता गर्ने पोखरा सिटीवान टेलीभीजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठलाई दिइने विहिबार घोषणा गरीएको रेड टेलिभिजनको कार्यालयले जनाएको छ । पुर्व घोषणा अनुसार प्रदान गरिने यस वर्ष २०७९ को स्वर्गीय रामा यादव पत्रकारिकता पुरस्कार प्राप्त गर्ने अनिष्शा श्रेष्ठ गण्डकी प्रदेशको राजधानी पोखराबाट संचालन हुने सिटी वन टेलिभिजन एवम हेल्थ अपडेट म्यागजिनमा कार्यरत रहेकी छिन् ।
घोषित पुरस्कार छनौटका लागि आयोजक कमिटीले दिएको जिम्माका अधारमा कमिटीले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय, एवम प्रदेशका करिब सबै कार्यालयहरुसंघ समन्वय गरि पोखराकी श्रेष्ठ, नेपालगंजकी कल्पना अर्चाय, बागमतिका फातिमा बानु, दिपा दाहाल, मधेश प्रदेशका रिन्कु मिश्रा गायत्री, बिबिसीमा कार्यरत माधुरी महतो, सुदुरपश्चिमका कालिका उपाध्याय, रौतहटका विणा श्रीवास्तव र प्रदेश नं १ का चिना थापालाई छनौट गरेको थिए । ९ जना मध्ये समितिले यस वर्षको स्वर्गिय रामा यादव पत्रकारीता पुरस्कार अनिसा श्रेष्ठलाई प्रदान गरीने निर्णय गरेको समितिका सदस्य एवम पुव अध्यक्ष रविन्द्र कुमार साहले जानकारी दिनु भयो ।
पुरस्कृत भएकी अनिशा श्रेष्ठले विगत लामो समय देखी स्वास्थ्य क्षेत्रका विकृति एवम विसंगति विरुद्ध कलम चलाउदै आएकी छिन् । देशमा महान पर्वको रुपमा रहेको स्थानिय निर्वाचनले जारी गरेको आचारसहिता एवम वर्तमान परिवेशनका कारण आवत जावतमा समेत अशुविधालाई ध्यानमा राख्दैं निर्वाचन सम्पन्न पश्चात एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कार राशि प्रदान गरी जयरामा मिडिया प्रालि।का संचालक एवम स्वर्गिय यादवका श्रीमान्नजयप्रकाशले बताउनु भयो । कार्यक्रमा स्वर्गिय श्रीमति यादवप्रति भावविलिन हुदैं संचालक यादवले महिलाहरुको मनोबल केहि हद सम्म उच्च हुने सम्भावना प्रदान गरिने पुरस्कारबाट रहेकोले महिलालाई नै प्रदानको कार्य गरिएको बताए ।
प्रदान गरिने पुरस्कारको रकम राशि २६ हजार १ रुपैया रहेको समेत उनले जनाए । स्वर्गीय रामा यादवकी चार छोरी र श्रीमान् एवम सासु ससुरा रहेका छन् । घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य श्री शैलन्द्र झा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष रविन्द्र कुमार साह, वरिष्ठ पत्रकार विनय कुमार लाल दास, प्रभात कुमार झा लगायत दजनौंको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन रेड खबर डट कमका सम्पादक आलोक पाण्डेले गर्नु भएको थियो ।