माघ २ गते २०७७

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्झौता मिति सकिन अब मात्र ६ महिना बाँकी

पोखरा, २ पुष ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । सम्झौता मिति सकिन अब मात्र ६ महिना बाँकी रहेको छ । विश्वव्यापी फैलिएको कोभिड -१९ महामारी र लामो समयको लकडाउनले गर्दा विमानस्थल निर्माण कार्य सम्पन्‍न मिति धकेलिएको हो।

विमानस्थल निर्माण कार्य सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सक्नुपर्ने भए पनि समयमै नसकिने देखिएको नागरिक, उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
पोखरा क्षेत्रीय विमानस्थलका लागि कुल ३ हजार ८ सय ९९ रोपनी क्षेत्रफल आवश्यक रहेको मध्ये हालसम्म ९८ प्रतिशत जग्गा अधिग्रहण गरिसकिएको छ । विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार २०३२ सालदेखि हालसम्म ३ हजार ८ सय २० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ।