पौष २७ गते २०७७

लायन्स क्लव द्धारा सामुदायिक बिद्यालयलाई मास्क वितरण

पोखरा ,२७ पुष ।
लायन्स क्लव अफ पोखरा सेन्टेनियलले पोखराका सामुदायिक बिद्यालयहरुको लागि ५० हजार वटा मास्क वितरण गरेको छ । क्लवले एक समारोहका बिच आइतबार बाराही वेकरीको परिसरमा पोखराका २० वटा सामुदायिक बिद्यालयलाई उक्त मास्क वितरण गरेको हो ।

प्रति बिद्यालयलाई २ हजार ५ सय वटा मास्क वितरण गरिएको क्लवका अध्यक्ष प्रगत कायस्थले बताए । अध्यक्ष प्रगत कायस्थ, निवर्तमान अध्यक्ष विजेश पालिखेलेले बिद्यालयका प्रतिनिधिहरुलाई उक्त मास्क वितरण गरेका हुन्।

पोखराका बिद्यालय विर आधारभूत बिद्यालय, विन्यवासिनी मावि (वाटुलेचौर),
इन्द्रराज्य लक्ष्मी मावि, छोरेपाटन मावि, राष्ट्रिय मावि, रत्न राज्य कन्या स्कुल,
वालमन्दिर स्कुल, बाराही मावि, ताल बराही मावि, जनप्रिय मावि, नविन मावि,
भद्रकालि मावि, महेन्द्र मावि, नव प्रभात मावि, सहारा आधारभूत बिद्यालय,
अम्मरसिंह मावि, विन्ध्यवासिनी मावि (वरपाटन) , कल्याण आधारभूत स्कुल, र
श्रीराम आधारभूत स्कुललाई जनही २ हजार ५ सय वटा मास्क वितरण गरिएको हो ।
यस अघि क्लवले नेपाल पत्रकार महासंघ कस्की शाखालाई १० हजार वटा मास्क वितरण गरेको क्लवका निवर्तमान अध्यक्ष विजेश पालिखेले बताए ।