बैतडीकी भागरथी भट्टको हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।
दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।
१६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबजस्ति बलत्कार र हत्या गर्न सम्भव छ त भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’ घटनास्थल जाँच सोधपुछको क्रममा निजले दिएको बयान, निजको टेक्निकल अनुसन्धान गर्दा देखिएको लोकेसन सबैको आधारमा साविति कुराहरु छन् ।
भदौ २५, २०७६ काठमाडौं – प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न उपनिर्वाचनका लागि दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मा महासचिव विष्णु पौडेललाई दिएको छ। ‘निकट भविष्यमा हुन...
Read More
काठमाडौं,१७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको बताएको छ। मन्त्रालयले संक्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शैया उपलब्ध...
Read More
गोरखा,२३ चैत । मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको...
Read More