बैतडीकी भागरथी भट्टको हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।
दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।
१६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबजस्ति बलत्कार र हत्या गर्न सम्भव छ त भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’ घटनास्थल जाँच सोधपुछको क्रममा निजले दिएको बयान, निजको टेक्निकल अनुसन्धान गर्दा देखिएको लोकेसन सबैको आधारमा साविति कुराहरु छन् ।
काठमाण्डौ, १८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण...
Read More
कास्की क्षेत्र नं ३ अन्तरगत हेम्जा गौरिशंकर मतदान केन्द्र अन्तरगत कुल मतदाता संख्या ४ हजार ४३९ र बिष्णुपादुका मतदान केन्द्रमा ३ हजार ५० गरि पोखरा २५ हेम्जाको कुल मतदाता...
Read More
दाङ, २९ चैत्र । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको आयोजनामा महिला फोटोग्राफरहरूका लागि एकदिने सशक्तिकरण कार्यशाला घोराहीस्थित भिङ्रेलि भिलेज रिसोर्टमा चैत्र २८ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। महिला व्यवसायीहरूको...
Read More