पौष २८ गते २०७७
निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धता : पर्यटनमन्त्री ढकाल
काठमाडौँ,२८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य जोड दिएर अघि बढिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
संस्कृति मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उनले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ र धारा ८५ मा गरिएका व्यवस्थाका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेकी थिइन् ।सरकारले आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकेको छ ।