पौष २८ गते २०७७
काँग्रेस सभापति देउवा पर्वत जादै
पोखरा, २८ पुस ।
शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमाकै स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ ।
उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी हुने छन् ।
कार्यक्रमको तयारी तिव्र पारिएको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरे ।
कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । ०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।