आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो : प्रधानमन्त्री ओली

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ । सत्तारुढ नेकपाको ओली समूहले माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौंमा पेशागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा गर्ने जानकारी दिए । प्रचण्ड(माधव समूहको आजको प्रदर्शनको जवाफ माघ २३ गतेको जनसभाले दिने ओलीले बताए ।उनले भने, ‘आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल थप समाचार

माघ १४ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ। प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको समेत उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको बताए । थप समाचार

जग्गा व्यवस्थापन गर्न वृहत सरसफाई

5 years ago Samaya Dristi 0
पोखरा, ९ माघ । महेन्द्र मा.वि. भलामले फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्नको लागि स्कूल मातहतमा रहेको जग्गा व्यवस्थापन तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको आर्थिक सहयोग, भगवती दल गण फूलबारी व्यारेक पोखराको श्रमदान तथा एनसिसि अल्मुनाई एशोसिएशन नेपाल गण्डकी प्रदेश, स्थानीय आमा समूह, थप समाचार

रातारात राजपत्रमा संसद विघटनको सूचना निकालियो

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ ।संसद विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि प्रकाशित भएको छ । तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ । सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूचना अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको विषयमा प्रश्न उठाएका थिए । त्यसपछि सर्वोच्चले सो सूचना थप समाचार

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

5 years ago Samaya Dristi 0
काठमाडौं, ९ माघ । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था थप समाचार

प्रचण्ड–माधव पक्षको आज काठमाडौंमा शक्ति प्रदर्शन

5 years ago Samaya Dristi 0
काठमाडाैं ,९ माघ। बिभाजित नेकपाको प्रचण्ड–माधव समूहले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–माधव समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति बनाएको थियो । समितिले हरेक प्रदेश, जिल्ला र जनवर्गीय संगठनमार्फत कार्यकर्तालाई काठमाडौंमा एकत्रीत गर्न निर्देशन दिएको छ थप समाचार

राट्रपतिले गल्ती स्वीकार्दै त्यो नासो फिर्ता गर्नुपर्छःअधिवक्ता अर्याल

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ माघ । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका एक दर्जन रिटमाथिको बहस संवैधानिक इजलासमा थप पेचिलो बन्दै गएको छ। इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न आइरहेका छन्। बिहीबारको सुनुवाइमा पनि संवैधानिक इजलासबाट कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न सोधिएको छ। बहसका क्रममा कानुन व्यवसायीले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशित नभएको विषय उठाएका छन्। थप समाचार

खोप नेपाल आइपुग्यो, पाँच दिनभित्र प्रदेशमा पुग्ने

5 years ago Samaya Dristi 0
काठमाडौँ, ८ माघ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ । सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन थप समाचार

उखु किसान फेरि आन्दोलनमा

5 years ago Samaya Dristi 0
काठमाण्डौ, ८ माघ । सर्लाहीका उखु किसानले सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि फेरि आन्दोलन घोषणा गरेका छन् । उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि थप समाचार

विश्वका ६० देशमा पुग्यो कोरोनाको नयाँ भाइरस

5 years ago Samaya Dristi 0
काठमाडौं, ८ माघ । नयाँ प्रकारको कोरोना भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको दाबी गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको हो । संगठनले महामारीको नयाँ स्वरूप दिन प्रतिदिन थप समाचार