माघ ९ गते २०७७
जग्गा व्यवस्थापन गर्न वृहत सरसफाई
पोखरा, ९ माघ ।
महेन्द्र मा.वि. भलामले फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्रको स्थापना गर्नको लागि स्कूल मातहतमा रहेको जग्गा व्यवस्थापन तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको आर्थिक सहयोग, भगवती दल गण फूलबारी व्यारेक पोखराको श्रमदान तथा एनसिसि अल्मुनाई एशोसिएशन नेपाल गण्डकी प्रदेश, स्थानीय आमा समूह, युृवा क्लव, टोल विकास संस्था लगायतको उपस्थितिमा करिब १९ रोपनी जग्गामा रहेको काँडेदार झाडी, बोटविरुवा फाड्ने कामको शुरुवात गरिएको हो ।
सुविधासम्पन्न आवासहितको बहुप्राविधिक विद्यालयसँगै फलफूल तथा तरकारी अनुसन्धानमूलक सिकाई केन्द्र बनाउन यो सरसफाई अभियान हाम्रो उद्देश्यको पहिलो खुडकिलो बन्ने स्कूलका प्र.अ. बोधराज पौडेलले बताउनुभयो ।
कार्यक्रममा वडा नं. २० का वडा अध्इक्ष सिम बहादुर गुरुङ, फूलबारी ब्यारेकका गणपति दिवाकर कार्की, एनसिसि अल्मुनाइका निर्देशक उर्मिला श्रेष्ठ, पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरिया लगायतले बोल्नुभएको थियो ।
विद्यालय व्यस्थापन समितिका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विद्यालयका प्रअ बोधराज पौडेलले गर्नुभएको थियो भने संचालन शिक्षक रामराज पौडेलले गर्नुभएको थियो ।