आगामी वर्ष ०७८ मा चार दिन चाडपर्व बिदा थपियो

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी छ । ०७८ मा केही चाडपर्वमा बिदा थप समाचार

कांग्रेस पदाधिकारीको बैठक आज

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । कांग्रेस पदाधिकारीको बैठक आज बस्दैछ। पार्टी सभापति तथा पूर्वप्रधानमन्‍त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापतिको निर्देशनअनुसार सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्‍ने तय भएको जानकारी दिए। आइतबार वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरू पौडेल थप समाचार

होटल, रेस्टुरेन्टलाई विद्युत् शुल्क मिनाहा

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोनाकालको विद्युत््को डिमान्ड शुल्क मिनाहा गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यससम्बन्धी मन्त्रिपरिषद्को फागुन २० गतेको निर्णय आइतबार सार्वजनिक गरेका हुन्। कोभिड–१९ बाट अति प्रभावितको सूचीमा रहेका होटल तथा रेस्टुरेन्टलाई विद्युत् खपत गरे पनि नगरे पनि तिर्नुपर्ने न्यूनतम शुल्क मिनाहा तथा छुट थप समाचार

सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान

5 years ago Samaya Dristi 0
काठमाडौं ,९ चैत । कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले थप समाचार

कोरोनाको असर पोखराको पूष्प व्यवसायमा पनि परेकोे दावी

5 years ago Samaya Dristi 0
समयदृष्टि,समाचारदातापोखरा ८, चैत्रविश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको असर पोखराको पूष्प व्यवसायमा पनि परेको व्यवसायीहरुले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यान कास्कीको शनिवार पोखराको वेगनासमा आयोजित ११ औं वार्षिक साधारण सभाको अवसरमा वोल्ने व्यवसायीहरुले सो कुरा वताएका हुन् ।गत चैत्र ११ गतेदेखि गरिएको लकडाउनले फूल व्यवसायीको रोजीरोटी ठप्प भएको उनीहरुले वताए । उनीहरुले कोरोना थप समाचार

कास्की क्षेत्र नं २ मा उपचुनाव गराउन कांग्रेस नेता गगन थापाको माग

5 years ago Samaya Dristi 0
कमल पौडेल अथकपोखरा ६, चैत्रकांग्रेस नेता गगनकुमार थापाले कास्की क्षेत्र नं २ मा उपचुनाव गराउन माग गरेका छन् । नेल्टा गण्डकीको दोश्रो अधिवेशनको पोखरामा उद्घाटन गर्दै उनले सो माग गरेका हुन् ।उनले विगतमा नेकपा भनिएको पार्टी अदालतले खारेज गरेको र सोही पार्टीवाट चुनाव लडेकी विद्या भट्टराईको पद पनि स्वतः खारेज गरिनु पर्ने उनले वताए ।नेकपा थप समाचार

नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं ,६ चैत । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो । थप समाचार

महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा फरार डोजर चालक पक्राउ

5 years ago Samaya Dristi 0
काठमाडौं ,६ चैत । धादिङको त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते महिलालाई जिउँदै पुरेको आरोपमा एकजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दाङ घर भएका डोजर चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो । खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । थप समाचार

भाडा नबढाए सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको चेतावानी

5 years ago Samaya Dristi 0
काठमाडौं,५ चैत । सार्वजनिक यातायातको भाडा नबढाए यातायात सञ्चालन गर्न नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।उनका अनुसार २०६९ सालदेखि सरकारले अहिलेसम्म सार्वजानिक यातायातको भाडा नबढाएको भन्दै व्यवसायीले भाडा बढाउन माग गरेका हुन् । गाडीको पाटपूर्जा ६५ प्रतिशत र पेट्रोलियम पदार्थको ३५ प्रतिशत मूल्य वृद्धि हुँदा सार्वजनिक यातायातको भाडा भने थप समाचार

वाईसीएल ब्युँतियो, जेठमा राष्ट्रिय भेला गर्ने

5 years ago Samaya Dristi 0
काठमाडौं,५ चैत । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो । बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।भेलाले थप समाचार