चैत्र ९ गते २०७७
सोसिडाडको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीको कीर्तिमान
काठमाडौं ,९ चैत ।
कप्तान लिओनल मेस्सीले क्लबका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाउँदै दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडमाथि शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई उसैको मैदानमा ६(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि मेस्सीले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । उनले बार्सिलोनाका लागि सर्वाधिक ७६७ खेल खेल्ने जाभीको कीर्तिमान तोडे । मेस्सीले बासिलोनाका लागि ७६८ खेल खेलेका छन् ।