पोखरा म्याराथन को उपाधि केन्याली धावकलाई (फोटो फिचर)
७,फागुन पोखरा सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् ।
पोखरा म्याथुनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो बिदेसी धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् ।
केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकसिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्र्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए ।
महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा शसस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् । जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन् ।
खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे । महिला तर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए ।नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित डेढदशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा...
Read More
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हरितालिका तीज पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीवहिनीमा शुभकामना दिएका छन्। आफ्नो शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘हाम्रो देश अनेक धर्म, अनेक...
Read More
काठमाण्डौ ,०२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले तेस्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडक सङ्घर्षमा रहेको प्रचण्ड–माधव समूहले पत्रकार सम्मेलन...
Read More
मनाङ, ०१ असार । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला...
Read More