पोखरा म्याराथन को उपाधि केन्याली धावकलाई (फोटो फिचर)
७,फागुन पोखरा सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन् । महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाँईले उपाधि रक्षा गरेकी छन् ।
पोखरा म्याथुनमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६ औं संस्करणको सफल पोखरा अन्तराष्ट्रिय म्याराथनको किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन् । उनी पोखरा म्याराथन जित्ने दोस्रो बिदेसी धावक हुन् । १५ औं संस्करणमा जापानीज धावकले उपाधि जितेका छन् ।
केन्याली धावक कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै चार लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे । खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकसिमिओन किप्लागातोले २ घण्टा २१ मिनेट ०३ सेकेण्डमा पुरा गर्र्दै दुईलाख नगर राशीको पुरस्कार प्राप्त गरे । त्यस्तै नेपाली सेनाका धावक मोहनदेव जोशीले २ घण्टा ३३ मिनेटमा ४४ सेकेण्डमा पुरा गर्दै तेस्रोस्थानमा आउँदा शसस्त्र प्रहरी बलका धावक सन्तोषविक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै चौथो बने । पाँचौ स्थानमा भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा ३९ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए ।
महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले दोस्रो पटक उचाल्दा शसस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहिन् । जुम्लाकी धाविका राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आउँदा बेलायतकी हेनाह करसले १ घण्टा ३२ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै चौथो स्थानमा रहिन् ।
खुल्ला म्याराथन विजेताले नगद ४ लाख, दोस्रो हुनेले २ लाख, तेस्रो स्थानमा रहने धावकले १ लाख र चौथो स्थानमा रहेका धावकले भने सान्त्वना रुवरुप ३० हजार प्राप्त गरे । महिला तर्फ हाफ म्याराथन विजेताले नगद १ लाख, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना स्वरुप १५ हजार नगद राशी प्राप्त गरे । उनीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदकसहित नगद प्रदान गरेका थिए ।नेपाल भुतपुर्व खेलाडी मञ्चले पोखरालाई खेलकुद शहरसँगै खेलकुद पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित डेढदशकदेखि म्याराथन आयोजना गर्दै आएको हो ।
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको...
Read More
पोखरा, ३१ असोज । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारत्तोलनमा अर्को स्वर्ण थपेको छ । दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण...
Read More
पोखरा २९, बैशाख । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीता कुमारी पौडेलले गुरुङलाई ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।...
Read More
७ कार्तिक,पोखराड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ...
Read More