भाद्र २६ गते २०७६

फूटवलर मेस्सीको जीवनशैली:वाल्यकाल कस्तो रह्यो!अहिले कत्ती कमाउछन!कस्तो रङ्गको घरमा बस्छन!

समय दृष्टि
भदौ-२६

स्पेनी क्लब बार्सीलोनाबाट व्यावसायीक फुटबल
खेल्दै आएका फरवार्ड लियोनल मेस्सीको खेल नहेर्ने
मानिस कमै होलान।

विपक्षी खेलाडीलाई बल छुने मौका नै नदिई छक्काएर
अगाडि बढाउँदै गोल गर्न माहिर यी खेलाडिको चामत्कारिक प्रदर्शनको कारणले नै बार्सीलोनाले
बितेको एक दशकमा विभिन्न उपाधीहरु जित्न सफल
भयो।

अर्जेन्टिनामा जन्मिएका यी ३१ वर्षे चामत्कारिक
खेलाडीलाई अर्जेन्टिनाकै विख्यात खेलाडि
म्यारोडोनासँग पनि तुलना गरिन्छ ।

मेस्सीको पुरा नाम लुईस लियोनल मेस्सी हो । सन् १९८७जुन २४ मा अर्जेन्टीनाको रोसारीयोमा जन्मिएका मेस्सीको बुबाको नाम जर्ज मेस्सी र आमाको नाम सेलीया मारीया हो।उनका दुई जना दाजु र एउटी बहिनी पनि छन।सामान्य परिवारमा जन्मिएका मेस्सी सानैदेखि आर्थिक अभावबाट गुज्रिएका थिए।

उनका पिता जर्ज शहर नजिकैको एउटा कारखानामा
मजदुरी गर्थे । जर्ज पनि राम्रो फुटबल खेलाडी थिए र
फुर्सदमा उनी घर नजिकैको क्लब ग्यान्डोलीमा
खेलाडीहरुलाई प्रशिक्षण दिने गर्थे।

मेस्सीले ५ वर्षको उमेरदेखि नै उक्त क्लबबाट फुटबल खेल्न थालिसकेका थिए।९ वर्षको उमेरसम्ममा उनी राम्रो फुटवल खेलाडीको रुपमा चर्चित भइसकेका थिए । तर,अचानक ११ वर्षको उमेरमा उनलाई एकाएक हर्मोन डेफिसेन्सी नामक एक भयानक रोगको देखापर्यो।

उक्त रोग लागेपछि शरीरमा हर्मोनको धेरै कमी हुने गर्दछ।यदि यस रोगको उपचार बेलैमा नगरेमा बच्चाको ारीरिक विकास नै रोकिन्छ तर, यसको उपचार धेरै नै
महंगो हुन्छ।मेस्सीलाई यस्तो रोग लागिसकेपछि उनका आमाबुबाले सकेसम्म रकम जुटाएर उनको उपचार गर्न थाले।हरेक रात उनको खुट्टामा सुई लगाउन पथ्र्यो।यसले उनको परिवारमा आर्थिक संकट आइपर्यो।

महंगो हुनाको साथसाथै यो उपचार अत्यन्त पिडादायी पनि थियो।तर,यस्तो अवस्थामा पनि मेस्सीले फुटवल खेल्न भने कहिल्यै छाडेनन।उनी आफुलाई अझै निखार्नको लागि बिरामी भएको अवस्थामा पनि फुटवल खेलीरहे।यसै क्रममा मेस्सीको
खेलबाट प्रभावित भएर उनको कुनै प्रसंशकले बार्सीलोना युथ एकेडेमीका खेल निर्देशक कस डिस्च्याकलाई मेस्सीको अद्भुत खेलको बारेमा सुनाए।
त्यसपछि उनले मेस्सीको खेल हेरे र ११ वर्षिय फुच्चे
बालक मेस्सीको खेलबाट अत्यन्तै प्रभावित भए।

उनको उपचारखर्च महंगो भएको र फुटबल खेल्ने ठूलो सोख भएको थाहा पाएपछि उनले मेस्सीको परिवासंग एक सम्झौंता गरे।सम्झौतामा उनको सम्पुर्ण उपचार खर्च बार्सीलोनाले बेहोर्ने र ठिक भएपछि मेस्सीले बार्सीलोनाबाट फुटवल खेल्नुपर्ने भन्ने कुरा उल्लेख थियो।

मेस्सी र उनको परिवार सहमत भएपछि सम्झौता भयो र उनको उपचार सुरु भयो।उपचारबाट ठिक भएपछि मेस्सीले १४ वर्षको उमेरदेखि स्पेनमा बार्सीलोनाबाट फुटबल खेल्न थाले।

अहिले ५ फिट ७ ईन्च अग्ला मेस्सीको तौल ७२ केजी
(१५९ पाउन्ड) छ।

मास्सीले कति कमाउँछन?

अर्जेन्टीनाको राष्ट्रिय टिम र बार्सीलोनामा स्ट्राईकरको रुपमा खेल्ने मेस्सी लेफ्ट फुुटेड फर्वाड हुन।धेरै प्रशंसकले उनको देब्रे खुट्टामा जादुयी शक्ति रहेको विश्वास गर्छन।किनभने उनले अधिकांश देब्रे खुट्टाले नै
गोल गर्छन।

सन् २००४ मा पहिलो पटक बार्सीलोनाको सिनियर
टिममा परेका उनले बार्सीलोनाको लागि मात्रै ६००
भन्दा बढी गोल गरिसकेका छन।

पाँचपटक फिफाको सर्वोत्कृष्ट खेलाडीको अवार्ड
बालोन डियोर जितिसकेका उनले क्लबबाट जित्न
सकिनेजति सबै उपाधि जितिसकेका छन।तर,
अर्जेन्टिनालाई विश्वकप वा कोपा अमेरिका जस्ता
प्रमुख प्रतियोगिता जिताउने उनको सपना भने अझै
पुरा भएको छैन।

यस सिजन पनि उनलाई बालोन डियोरको मुख्य
दावेदारको रुपमा हेरिएको छ।मेस्सी फुटबल खेलेरै
सबैभन्दा धेरै कमाउने फुटबल खेलाडी समेत हुन् । उनले बार्सीलोनाबाट प्रतिसाता ५ लाख पाउण्ड
पारिश्रमिक बुझ्ने गर्छन।उनले विभिन्न व्यावसायीक उत्पादनहरुको विज्ञापनबाट पनि मोटो रकम कमाउने गर्छन।

बार्सीलोनाको लागि सन् २०२१ सम्मको अनुबन्धित
भइसकेका उनी अरु क्लबमा गएर खेल्न चाहँदैनन।
बार्सीलोनाले यदि अन्य कुनै क्लबले मेस्सीलाई आफ्नो
क्लवमा अनुबन्घ गर्न चाहेमा ८ सय ५४ मिलियन डलरको तिर्नुपर्ने बाइ आउट क्लज राखेको छ।उनको सम्पत्ति करीब ४०० मिलियन डलर रहेको छ।उनी महंगा र विलासी कारहरुको सौखिन पनि हुन।

मेस्सीको जीवनशैली

मेस्सी कारका साैखिन हुन।उनी सँग १० वटा भन्दा बढी महंगा कारहरु छन् । जसमा फरारी, रेन्जरोभर,मासेराटी, अउडी, पगानी, टोयोटा प्युरियस जस्ता ब्राण्डका कारहरु रहेका छन।साथै उनको निजी जेट विमान पनि छ।

उनको स्पेनमा र एउटा अर्जेन्टिनामा एउटा गरी २ वटा
घर रहेका छन् । बार्सीलोनाको क्यास्टेडेफेल्समा
रहेको उनको घर विभिन्न विलासी सुविधाले भरिपूर्ण
रहेको छ । उनले सन् २००९ मा एक पुरानो बंगलालाई
किनेर त्यसलाई आफ्नै तरिकाले रेनोभेट गरेका थिए ।
त्यसको लागि उनले ठूलो धनराशी खर्चिएको
बताइएको छ।

उनको घरमा मेडिटेरियन थिम अनुसार सजावट गरिएको छ र खैरो रंगले प्रधानता पाएको छ।त्यस्तै उनको घर नजिकैका छिमेकीहरुले धेरै होहल्ला
गर्ने गरेको र उनले शान्त रहन आग्रह गर्दा पनि नटेरेपछि उनले आफ्नो घरसँगै जोडिएका दुईवटा घर पनि किनेको बताइन्छ।

उक्त भव्य बंगलामा मिनि फुटबल ग्राउण्ड, स्विमिङपुल
र आउटडोर डाइनिङ स्पेस पनि रहेको छ।उनी कुकुर प्रेमी पनि हुन।उनले घरमा तीनवटा कुकुरहरु पालेका छन।उनको प्रिय भने डग डे बोरडक्स प्रजातीको हल्क नामको कुकुर हो जुन धेरै ठूलो छ।उनलाई सन् २०१६ मा प्रेमिका एन्टोनेलाले खैरो रंगको हल्क उपहारको रुपमा दिएकी थिइन।

उनलाई खानामा चिकेन फ्राइड स्टेक र मिलानेसा
नेपोलिटन फ्राइ मन पर्छ।

केहि वर्ष अघि उनले फुटबल आकारको घर बनाएको भनेर पनि माथिबाट हेर्दा फुटबल आकारको घरको तस्वीर सहित समाचारहरु आएका थिए।तर,ती समाचार सत्य नभएको उनले बताएका थिए।अर्जेन्टिनाको रोसारियोमा पनि उनको घर रहेको छ
जुन निक्कै नै सामान्य छ।उनको बाल्यकाल त्यहि घरमा बितेको थियो।

श्रीमती र छोराहरु

एनको विवाह सन् २०१७ को जुुन ३० बाल्यकाल देखिकै साथी एन्टोेनेला रोक्सुजो सँग विवाह भयो ।
अर्जेन्टिनाको रोसारियो मै हुँदा ५ वर्षको हुदा उनको एन्टोनेला सँग परिचय भएको थियो।एन्टोनेला
व्यावसायीक मोडल हुन।मेस्सी दम्पतीका ३ छोराहरु रहेका छन।मेस्सी र एन्टोनेलाको पहिलो सन्तानको रुपमा थियागो मेस्सीको जन्म सन् २०१२ नोभेम्बरमा भयो।त्यस्तै दोस्रो सन्तानको रुपमा एन्टोनेलाले सन् २०१५ सेम्टेम्बरमा अर्को छोरा माटेयो मेस्सीलाई जन्म दिईन।

मेस्सीको तेस्रो छोरा सिरो मेस्सीको जन्म भने सन् २०१८ मार्चमा भएको हो।उनीहरु सबै बार्सीलोनामा
बस्ने गर्छन।

एजेन्सीको सहयोगमा