चैत्र ५ गते २०७७
वाईसीएल ब्युँतियो, जेठमा राष्ट्रिय भेला गर्ने
काठमाडौं,५ चैत ।
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल ब्युँतिएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र पुनर्स्थापित भएसँगै वाईसीएल पनि ब्युँतिएको हो ।
बुधबार र बिहीबार काठमाडौंमा बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले आगामी जेठ २८ देखि ३० गतेसम्म राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
भेलाले नयाँ नीति र नेतृत्व चयन गर्ने वाइसीएलका सचिव पुष्प ओलीले जानकारी दिए ।