जेठ २४ गते २०८०

पोखरामा महिला सहकारी संस्थाको क्षमता अभिबृद्धि तालीम

कमल पौडेल अथक
पोखरा २४, जेठ
महिला सहकारी संस्थाहरुको संस्थागत विकास तथा क्षमता अभिबृद्धि संवन्धि २ दिने तालीम बुधवार सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा सो तालीम भएको हो ।
तालीममा पोखरा महानगरका १२ वटा महिला सहकारी संस्थाका ३६ जना महिला सहभागी भएका थिए ।
तालीमको समापनको अवसरमा बोल्दै शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त निर्देशक अम्बिकाप्रसाद आचार्यले तालीम व्यवहारिक र उपयोगी भएको वताए ।
उनले तालीममा सिकेका कुरा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरे ।
तालीममा पोखरा महानगरपालिका सामाजिक महाशाखा अधिकृत विष्णुमाया पौडेल र जिल्ला सहकारी संघ कास्की शिक्षा समिति सदस्य धनञ्जय पौडेलले सहजिकरण गरेका थिए ।
उनीहरुले सहकारी सञ्चालन, विधि, विधान, लगानी, जोखिम र नियमावलिको वारेमा सहभागिहरुलाई जानकारी दिलाएको सामाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रबहादुर थापाले जानकारी दिए ।
सो अवसरमा बोल्दै प्रशिक्षक धनन्जय पौडेलले सहकारी आन्दोलन जीवन र जगतसँग जोडिएको वताए ।
समाजिक विकास कार्यालय कास्कीका प्रमुख ईन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका कोषाध्यक्ष नवराज बराल, कार्यालयका लेखा प्रमुख गोविन्दप्रसाद सापकोटा, सहभागीको तर्फबाट शारदा रेग्मी सिग्देल, सन्तु सुवेदी, मनमाया पौडेल बराल र राजेश थापाले तालीमको वारेमा आफ्ना भनाई राखेका थिए ।
कास्की जिल्लामा कूल ६६३ सहकारी रहेका छन् । ती मध्ये जिल्ला सहकारी संघमा ४१९ सहकारी दर्ता भएका छन् । पोखरा महानगरपालिकामा ४२ वटा महिला सहकारी संस्था रहेका छन् भने कास्की जिल्लामा ११३ वटा महिला सहकारी संस्था रहेको जिल्ला सहकारी संघका कोषाध्यक्ष नवराज बरालले जानकारी दिएका छ ।