असार ९ गते २०८२

पोखराले ल्यायो साढे ८ अर्बको बजेट

८ असार,पोखरा


पोखराले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि झण्डै साढे ८ अर्बको बजेट प्रस्तुत गरेको छ । शनिबार १७ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी वर्ष कार्यान्वयन गर्ने गरी ८ अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेकी हुन् । पूरा बजेटमध्ये संघ सरकारको सशर्त अनुदानबाट ३ अर्ब १३ करोड अर्थात् ३६।१३ प्रतिशत र अन्य स्रोतबाट ५ अर्ब २२ करोड अर्थात् ६३।८७ प्रतिशत छ । महानगर आफैँले ९५ करोड खर्च गर्ने गरी प्रस्ताव गरिएको छ ।
यसबाहेक सामाजिक विकास महाशाखामा ३८ करोड, आर्थिक विकासमा १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, शहरी विकास, पर्यटन, वन तथा वातावरणमा ३८ करोड बजेट प्रस्ताव गरिएको गुरुङले बताइन् । पूरा बजेटलाई आन्तरिक राजस्वबाट ३ अर्ब २३ करोड पूर्ति गर्ने लक्ष्य छ । प्रदेश राजस्व बाँडफाँटबाट ४ करोड २८ लाख, संघको राजस्व बाँडफाँटबाट ३३ करोड ८ लाख, संघको समानीकरण अनुदान ५२ करोड ८७ लाख, प्रदेश समानीकरण अनुदान ८ करोड १५ लाख प्राप्त हुने अनुमान छ । महानगरले चालु आवमा ७ अर्ब ५१ करोडको बजेट ल्याएको थियो ।