छोरीको संम्झनामा बुबाआमा द्वारा अक्षयकोष स्थापना

4 years ago Samaya Dristi 0
पोखरा, ७ पुस । गतबर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धिताल कि अबिश्री पौडेलको सम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अबिश्रीको नाममा उनका बुबा त्रिबिक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गरेका हुन् । पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक बिद्यालयले संचालन गर्नेगरि उक्त थप समाचार

पोखरा–२५ हेम्जाका पौडेल भए सर्वोत्कृष्ट प्रधानमन्त्रीबाट पाए स्वर्ण पदक

4 years ago Samaya Dristi 0
पोखरा ५,पौषपोखराका विश्वास राज पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम फिल तहमा सर्वोत्कृष्ट भएका छन् ।व्यवस्थापन संकायका विद्यार्थी पौडेल २०७६ सालको एम फिल तहको परिक्षामा ३.९६ जीपीए ल्याएर सवोत्कृष्ट भएका थिए । काठमाण्डौमा सोमवार सम्पन्न त्रिविको ४७ औँ दीक्षान्त समारोहमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदकबाट उनि विभुषित भए ।दीक्षान्त समारोहमा त्रिभुवन थप समाचार

एघारौं पोखरा महोत्सव २०७८ को तयारी तीब्र

4 years ago Samaya Dristi 0
पोखरा ५ पुस ।एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सव आयोजक युनाईटेड क्लवले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २८ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौ संस्करणको पोखरा महोत्सवको तयारी तीब्र परिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै पोखरा महोत्सव मुल आयोजक समारोहका संयोजक तथा थप समाचार

कैलाश सहकारीको पाँचौ अधिबेशन सम्पन्न

4 years ago Samaya Dristi 0
पोखरा, ३ पुस । कैलाश बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेशनले खडानन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समिति उपाध्यक्षमा विनोदराज ढकाल, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नवीन ढुंगाना चयन भए । सदस्यमा घनश्याम पौडेल, कपिल सापकोटा, पूर्णकुमारी थापा, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार थप समाचार

प्रेस चौतारी कास्कीका सल्लाहकार चयन, ५ सदस्य थप

4 years ago Samaya Dristi 0
पोखरा, ४ पौष । प्रेस चौतारी नेपाल, कास्की शाखाको प्रथम पूर्ण बैठकले सल्लाहकार चयन गर्दै थप पाँच जनालाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।आठौं अधिवेशनबाट निर्वाचित नेतृत्वले सल्लाहकार समिति गठन गरी पाँच सदस्य थप गरेको हो । चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा शनिबार बसेको बैठकले सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष माधव बराल, केशव पाठक, इन्द्र थप समाचार

मिस तामाङ प्रतियोगिका लागि फाराम खुल्ला

4 years ago Samaya Dristi 0
पोखरा, ४ पौष ।बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । शनिबारबाट सहभागीहरुलाई तालिमदिन शुरु गरिएको हो । २८५८औ सोनामल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो छैठौं संस्करणहो ।तालिमको शुभारम्भको अवसरमाबोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा थप समाचार

आज बाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

4 years ago Samaya Dristi 0
काठमाडौं, ४ पुष । सरकारले आज देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् । थप समाचार

पेन्सन अवधि १६ वर्ष बनाउने नेपाल प्रहरीको तयारी

4 years ago Samaya Dristi 0
काठमाडौं, ४ पुष । सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो ।  तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो । सेनामा पनि गत थप समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

4 years ago Samaya Dristi 0
काठमाडौं, ४ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले आइतबार बैठक आह्वान गरेका हुन् ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न चार बजे बस्ने छ । बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि एमालेले अवरोध गर्दै आएकाले दुवै सदनका थप समाचार

इन्टरनेटको मासिक शुल्क घटाउन थाले

4 years ago Samaya Dristi 0
काठमाडौं, ३ पुष । बजारमा सीजी नेट र फाइबर नेटको प्रवेशसँगै इन्टरनेट कम्पनी ‘प्राइस वार’मा उत्रिएपछि दूरसञ्चार प्राधिकरणले चासो देखाएको छ । कम्पनीहरूले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि प्राधिकरणले चासो देखाएको हो ।  एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘सेवा प्रदायकले सेवाग्राहीसँग लिने शुल्क/महसुल दर प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्छ ।’ दूरसञ्चार ऐन, २०५३ को थप समाचार