पौष ४ गते २०७८

आज बाट १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं, ४ पुष । सरकारले आज देखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले जानकारी दिइन् ।