भाद्र १९ गते २०७७
कोरोना सचेतनाबाट झण्डै छ हजार लाभान्वित
पोखरा, १८ भाद्र ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी सचेतना कार्यक्रमको चौथो शृङ्खला पृथ्वीनारायण क्याम्पस गेट अगाडि सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दिननाथ बरालले सडक मजदुर र विशेष अतिथि बिम्बकवि रमेश श्रेष्ठले साहित्यकार रामनाथ अधिकारी संगीलाई सचेतना सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।
प्रमुख अतिथि बरालले जोखिम न्यूनिकरणमा सदा अघिल्लो लाइनमा देखिने लायन्स क्लबका सेवाकार्यको सबैले सिको गर्नुपर्ने बताए । अतिथि बरालले जहाँ विपत त्यहाँ लायन्स भनेर अगाडि बढिरहेका लायन्स लडरहरूले देशका कैयौं विपत न्यूनिकरणका साथै समग्र विकास, समृद्धि र निकासका लागि पु¥याएको योगदानलाई आफूले नजिकबाट नियाल्नुका साथै धेरैका सेवा गतिविधिलाई समाचार र सञ्चारमाध्यमबाट सम्प्रेषण गरी सर्वसाधारणलाई सुसुचित गराएको बताए ।
विशेष अतिथि बिम्बकवि रमेश श्रेष्ठले विषम परिस्थितिमा सेन्ट्रल गार्डेनद्वारा सचेतनासहितको कार्यक्रम गरिएकाले सहयोगी हातलाई पहिला आफ्नो टोलमा स्वागत छ भन्दै श्रेष्ठले थपे– सरकारले कोरोना संक्रमणबाट बच्न राजमार्ग खनिदिएको छ अब त्यही राजमार्गमा हिँड्न आवश्यक छ । उनले रोगबाट बच्ने उपाय स्वास्थ्य सचेतना नै भएकाले हरेक व्यक्ति स्वयम् ्जागरुक हुनुपर्ने बताए । श्रेष्ठले आफू नेपाली कविताको विद्यार्थी भएर हिँडिरहँदा समय–समयमा लायन्स क्लबले देशको कला, साहित्य र संस्कृति संरक्षणका लागि चालेका विविध कदममा आफूले पनि हातेमालो गरेको स्मरण गर्दै लायन्सको निःस्वार्थ सेवा भावना र कर्मलाई सबैले सम्मान गर्नैपर्ने धारणा राखे ।
साहित्यकार रामनाथ अधिकारी संगीले वर्तमान विपत्तिमा विभिन्न गैरसरकारी संघसंस्थाले जे जति कर्म गरेका छन् त्यो स्तुत्य रहेको धारणा कविताका माध्यमबाट अभिव्यक्त गर्दै सरकारका जिम्मेवार पदाधिकारीलाई सचेत हुन आग्रह गरे ।
चौथो दिनको कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले टेलिफोन सन्देशमार्फत् सफलताको शुभकामना व्यक्त गरे । देवकोटाले कार्यव्यस्तताले उपस्थित हुन नसके तापनि सचेतनामा कुनै अभाव हुन नदिने आफ्नो संस्था थप सहकार्यका लागि तत्पर रहेको बताए ।
नेलम्बो नेपालका कार्यक्रम संयोजक डा. किसन कोइराला र जनसम्पर्क सुपरीवेक्षक भीमप्रसाद भण्डारीले सचेतना कार्यक्रम निकै प्रभावकारी भएको धारणा राख्दै थप चुस्तदुरुस्त र व्यवस्थित गराउन संस्था निरन्तर सहकार्यमै रहेको प्रतिबद्धता जाहेर गरेका थिए ।
मानवअधिकार चोकबाट शुरु भएको क्लबको हप्ताव्यापी स्वास्थ्य सचेतना, मास्क तथा स्यानिटाइजर वितरण कार्यक्रमको चौथो दिनसम्म आइपुग्दा ५ हजार ९ सय ७२ जना सर्वसाधारण लाभान्वित भएको कोषाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका पूर्व सचिव लालबहादुर रानाभाटले क्लबको सचेतना कार्यक्रममा सहयोग, साथ र सहकार्य गरेर हौसला बढाएकोमा नेलम्बो नेपालप्रति आभार प्रकट गरे ।
क्लबका सचिव सुजित बिजुक्छेले क्लबको बुधवार सम्पन्न भर्चुअल बैठकबाट पाँचौं दिनको सचेतना कार्यक्रम शुक्रवार बिरौटाको राममन्दिर चोकमा तय गरिएको जानकारी दिए । बिहीवारको सचेतना कार्यक्रममा क्लबका पूर्व अध्यक्ष कृष्ण रानाभाटसहित वर्तमान अध्यक्ष असफल गौतम, उपाध्यक्ष आनन्द पौडेल, सचिव सुजित बिजुक्छे, कोषाध्यक्ष दुर्गा सुवेदी, फाइनान्सियल डाइरेक्टर प्रमोद रानाभाट, डाइरेक्टर लालबहादुर रानाभाट सचेतनामा खटिएका थिए ।
डागर स्मृति प्रतिष्ठानको सहकार्य
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी सचेतना कार्यक्रममा डागर स्मृति प्रतिष्ठान नेपालले पनि सहकार्य गरेको छ ।
क्लबको सप्ताहव्यापी कार्यक्रमको चौथो दिन प्रतिष्ठानका संस्थापक अध्यक्ष रमा पराशरले क्लब अध्यक्ष असफल गौतमलाई मास्क हस्तान्तरण गर्दै सचेतना कार्यक्रमको सफलताको कामना गरिन् ।
पराशरले आफ्नो प्रतिष्ठानलाई अगाडि बढाउन सहयोग गर्ने क्लब अध्यक्षको अभियानबाट आफू निकै प्रभावित भएकाले जे जति सकिन्छ त्यो सहयोग र सहकार्य गरौं भनेर प्रतिष्ठानकातर्फबाट मास्क सहयोग गरेको बताइन् ।
क्लब अध्यक्ष असफल गौतमले संस्थाका गतिविधि दिनप्रतिदिन व्यवस्थित हुँदै गएको धारण राख्दै सहयोगी सम्पूर्णप्रति आभार व्यक्त गरे । उनले डागर स्मृति प्रतिष्ठानको सहकार्यले सचेतना कार्यक्रमलाई सफल पार्न थप हौसला मिलेको धारणा राखे ।
यस अघि क्लबको सचेतना कार्यक्रममा नेलम्बो नेपालले ५ हजार थान मास्क र सचेतना सामग्रीका साथै १५ लिटर सेनिटाइजर सहयोग गरेको थियो ।