वैशाख ४ गते २०७९

रुपाको रुप फेर्ने युवा नेता पौडेलको भनाई



पोखरा , वैशाख
नेकपाएकिकृत समाजबादीले कास्कीको रुपागाउँपालिकाको अध्यक्षको नामसिफारिस गरेको छ । यही वैशाख ३० गते हुने स्थानियनिर्वाचनको लागिहालै बसेको गाउँपालिका कमिटिको बैठकले अध्यक्षमाकपिलपौडेललाई सर्वसम्वत रुपमाअध्यक्षमासिफारिस गरेको हो ।
रुपागाउँपालिका७निवासी २४ बर्षीय पौडेल एकिकृत समाजबादीको हालजिल्ला सचिवालय सदस्य, गाउँपालिका सहइन्चार्ज एवं रुपागाउँ कमिटिका अध्यक्षहुन्। पार्टीकापोलिट ब्यूरो सदस्यश्रीनाथ बराल, प्रदेश सदस्यगोकर्ण तिवारी, निर्वाचन क्षेत्रिय समन्वय कमिटिका संयोजकदीननाथ ढकाललगायतको सहभागितामाउक्त बैठक बसेको थियो ।
कक्षा ९ माअध्ययनकै क्रममाअखिलको प्रारम्भिक कमिटिको अध्यक्ष, २०६९ माअखिलकै क्षेत्रिय सदस्य, २०७१ माअखिलकै अध्यक्ष, २०७४ मायुवा संघका केन्द्रियप्रचार विभाग सदस्यहुदै युवा संघका केन्द्रिय सदस्यभएकापौडेलले रुपागाउँपालिकाको रुप फेर्ने गरी आफ्नो अध्यक्षमाउमेदवारी हुने बताए । रुपमागाउँपालिकामा निर्णायकशत्तिको रुपमाआफ्नो पार्टीकामतदाताहरु भएको दाबीगर्दै युवा नेतापौडेलले समृद्धि रुपाको परिकल्पना सहित रुपाको रुप नै फेर्ने र आम रुपागाउँपालिकाको स्थानियको जीवन स्तर उकास्ने गरी कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमाबिषेश जोड दिने बताए । पर्यटकीय सम्पदातथा स्थलहरुको प्रबद्र्धन सहितको संरक्षण गर्दै रुपाको आर्थिक विकासको कृषि पछि पर्यटनलाई प्रथामिकतादिने योजना रहेको उनले बताए। कृर्षिमाआधुनिकिकरण व्यवसायीककरण, प्राविधिकतथासिपमुलकशिक्षामाजोड, पछाडि परेका बर्गको उत्थानगर्ने आफ्नो मुख्यलक्ष्य रहेको पौडेलको भनाई छ ।