कैलाश बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेशनले खडानन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समिति उपाध्यक्षमा विनोदराज ढकाल, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नवीन ढुंगाना चयन भए । सदस्यमा घनश्याम पौडेल, कपिल सापकोटा, पूर्णकुमारी थापा, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार नापित चयन भए । लेखा संयोजकमा परशुराम शर्मा र सदस्यमा जय गुरुङ, डेककुमारी जलारी चयन भएको निर्वाचन समिति संयोजक दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सभा उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेफस्कुन पोखरा शाखा प्रमुख यमकला सुवेदी, फोटोग्राफर संघ गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी साथै सहकारीका पूर्व अध्यक्ष जीवन ढुंगाना लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन नवीन ढुंगाना, सचिवको प्रतिवेदन विनोदराज ढकाल, लेखा समितिको प्रतिवेदन परशुराम आचार्यलगायत प्रस्तुत गरेका थिए । सहकारीका ७ सिद्धान्त वाचन महिला समिति संयोजक शान्ति सुवेदीले गरेकी थिइन् । स्वागत मन्तब्य उपाध्यक्ष खडानन्द अधिकारी, शिक्षा समिति संयोजक इन्दिरा शर्मा, उद्योग संयोजक विष्णुहरि अधिकारीले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव विनोदराज ढकालले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट ऋणकर्ता, बचतकर्ता, बाल बचतकर्ता, महिला बचतकर्ता, फ्रेम खरिद कर्ता, फोटो प्रिन्टकर्तालाई सम्मान गरिएको थियो । संस्थाको हालसम्म सेयर पुँजी २ करोड ९६ लाख, बचत ६ करोड ४२ लाख रहेको छ भने ऋण लगानी ७ करोड ८१ लाख रहेको जनाइएको छ ।
कमल पौडेल अथक पोखरा ३०, जेठ कास्कीका अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकाका ३३ वटा पसलको अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा बुधवार र विहीवार ति पसलहरुको...
Read More
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न...
Read More
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख...
Read More
पोखरा । नबिल बैंकको ४०औं वार्षिकोत्सवको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । यसैक्रममा बैंकको गण्डकी प्रदेश कार्यालयको आयोजनामा ‘नबिल दिगो पाइला’ वाकाथन कार्यक्रम सम्पन्न भएको छ । दिगो...
Read More