कैलाश बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न गरेको छ । उक्त अधिबेशनले खडानन्द अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
समिति उपाध्यक्षमा विनोदराज ढकाल, सचिव विष्णुहरि अधिकारी, कोषाध्यक्ष नवीन ढुंगाना चयन भए । सदस्यमा घनश्याम पौडेल, कपिल सापकोटा, पूर्णकुमारी थापा, ज्ञानेन्द्र पौडेल, प्रदीपकुमार नापित चयन भए । लेखा संयोजकमा परशुराम शर्मा र सदस्यमा जय गुरुङ, डेककुमारी जलारी चयन भएको निर्वाचन समिति संयोजक दुर्गाप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि सभा उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेफस्कुन पोखरा शाखा प्रमुख यमकला सुवेदी, फोटोग्राफर संघ गण्डकी अध्यक्ष दुर्गाप्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी साथै सहकारीका पूर्व अध्यक्ष जीवन ढुंगाना लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष शिवहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्षको प्रतिवेदन नवीन ढुंगाना, सचिवको प्रतिवेदन विनोदराज ढकाल, लेखा समितिको प्रतिवेदन परशुराम आचार्यलगायत प्रस्तुत गरेका थिए । सहकारीका ७ सिद्धान्त वाचन महिला समिति संयोजक शान्ति सुवेदीले गरेकी थिइन् । स्वागत मन्तब्य उपाध्यक्ष खडानन्द अधिकारी, शिक्षा समिति संयोजक इन्दिरा शर्मा, उद्योग संयोजक विष्णुहरि अधिकारीले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव विनोदराज ढकालले गरेका थिए ।
सो अवसरमा उत्कृष्ट ऋणकर्ता, बचतकर्ता, बाल बचतकर्ता, महिला बचतकर्ता, फ्रेम खरिद कर्ता, फोटो प्रिन्टकर्तालाई सम्मान गरिएको थियो । संस्थाको हालसम्म सेयर पुँजी २ करोड ९६ लाख, बचत ६ करोड ४२ लाख रहेको छ भने ऋण लगानी ७ करोड ८१ लाख रहेको जनाइएको छ ।
पोखरा, २९ भदौ । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको...
Read More
काठमाण्डौ, १६ माघ । निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले...
Read More
कमल पौडेल अथकपोखरा १५, असोजगोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा फेरि पदमवहादुर गुरुङ आएका छन् । यही कार्तिक ३ गते अघिल्लो कार्यसमितिको पदावधि समाप्त भएपछि पदमवहादुर गेसोको नेतृत्व गर्दै अध्यक्षको...
Read More