पोखराको ऐतिहासिक पुरुष कृष्णकुमार बैद्य प्रति हार्दिक श्रद्धाञ्ञली ।।।
२३ असार,पोखरा हाम्रा श्रद्धेय मार्ग निर्देशक तथा पोखराका पुराना फोटोब्यवसायी कृष्णकुमार बैद्यको ९१ वर्षको उमेरमा उहाकै निवास रानीपौवा, पोखरामा निधन भएको छ । यो दुखद घडीमा उहाको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्ञली प्रकट गर्दछौ साथैशोकसम्तप्त परिवारजनहरु प्रति समेत फोटोग्राफर संघ गण्डकी हार्दिक समबेदना प्रकट गर्दछौ । पोखरामा फोटोग्राफीको बिकास र ब्यावसायिकता दिने ४ जना अग्रज भेषरत्न शाक्य, जगन्नाथ उलक, खेमनारायण श्रेष्ठ र कृष्णकुमार बैद्य रहेका थिए । पोखरा कलर ल्यावको सस्थापक समेत रहनुभएका अग्रज कृष्ण कुमार बैद्यका ३ छोरा र २ छोरी छन । पोखराको ब्यवसायिक फोटोग्राफी इतिहासमा कृष्णकुमार बैद्य २०१० तिर बाग्लुड.बाट पोखरा बसाई सरेको र पाल्पाका गंगाप्रसाद बैजू जो घुमन्ते फोटोग्राफर थिए उनैसग फोटोग्राफी सिकेर आफ्ना अन्य ब्यवसायमा फोटोग्राफी पनि समावेश गर्नुभएको थियो । यसरी पोखराको फोटोग्राफीका एक ऐतिहासिक पुरुष कृष्णकुमार बैद्यको निधनले मर्माहित तुल्याएको छ यो दुखद घडीमा फेरी पनि उहाको आत्माको चिर शान्ति र समग्र परिवारजनमा समबेदना प्रकट गर्दछौ ।
१५ जेठ,पोखरापोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ। बिहान ९ बजेर ५५ मिनेटमा उडेको नाइन एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको नागरिक उडयन प्राधिकरणले जानकारी...
Read More
पोखरा, १० पुष । धादिङ-पोखरा सम्पर्क समाजको अध्यक्षमा रामप्रसाद पाण्डे (राजु) निर्वाचित भएका छन् । समाजको शनिबार सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो...
Read More
साउन , पोखरा सभागृहमा माटो जोगाऔं कार्यक्रम आयोजना गरियो। माटोको मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्वारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिंदै...
Read More
पोखरा,३० बैशाख । पोखरा महानगरपालिकाका मेयरका उम्मेदवारहरुले मतदान गरेका छन् । नेकपा ९एमाले०का तर्फबाट मेयरका उम्मेदवार बनेका कृष्ण थापाले पोखरा १६ मा रहेको बिन्दबासिनी मावीका मतदान केन्द्रमा ,गठबन्धनका तर्फबाट...
Read More