पोखराको ऐतिहासिक पुरुष कृष्णकुमार बैद्य प्रति हार्दिक श्रद्धाञ्ञली ।।।
२३ असार,पोखरा हाम्रा श्रद्धेय मार्ग निर्देशक तथा पोखराका पुराना फोटोब्यवसायी कृष्णकुमार बैद्यको ९१ वर्षको उमेरमा उहाकै निवास रानीपौवा, पोखरामा निधन भएको छ । यो दुखद घडीमा उहाको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्ञली प्रकट गर्दछौ साथैशोकसम्तप्त परिवारजनहरु प्रति समेत फोटोग्राफर संघ गण्डकी हार्दिक समबेदना प्रकट गर्दछौ । पोखरामा फोटोग्राफीको बिकास र ब्यावसायिकता दिने ४ जना अग्रज भेषरत्न शाक्य, जगन्नाथ उलक, खेमनारायण श्रेष्ठ र कृष्णकुमार बैद्य रहेका थिए । पोखरा कलर ल्यावको सस्थापक समेत रहनुभएका अग्रज कृष्ण कुमार बैद्यका ३ छोरा र २ छोरी छन । पोखराको ब्यवसायिक फोटोग्राफी इतिहासमा कृष्णकुमार बैद्य २०१० तिर बाग्लुड.बाट पोखरा बसाई सरेको र पाल्पाका गंगाप्रसाद बैजू जो घुमन्ते फोटोग्राफर थिए उनैसग फोटोग्राफी सिकेर आफ्ना अन्य ब्यवसायमा फोटोग्राफी पनि समावेश गर्नुभएको थियो । यसरी पोखराको फोटोग्राफीका एक ऐतिहासिक पुरुष कृष्णकुमार बैद्यको निधनले मर्माहित तुल्याएको छ यो दुखद घडीमा फेरी पनि उहाको आत्माको चिर शान्ति र समग्र परिवारजनमा समबेदना प्रकट गर्दछौ ।
१२ फाल्गुन पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शनिवार स्रष्टा सम्मान, पुरस्कार वितरण तथा २४६ औं शुभप्रभात काव्यमाला...
Read More
९ पुष,पोखरा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल...
Read More
कार्तिक पोखरा आजकल नेपालीहरु प्र्रसस्त घुम्न तथा पर्यटकिय गतिबिधीमा रमाउन थालेका छन जस्ले आन्तरिक पर्यटनको राम्रो बिकास भएको पाइन्छ । तर यथेष्ट जानाकारीको अभाव, भौतिक संरचना, सेवा सुबिधा र...
Read More
पोखरा भाद्र १४ बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान...
Read More