जेठ १४ गते २०८०

गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु

कमल पौडेल अथक
पोखरा १४, जेठ
नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा आइतवारदेखि पोखरामा ५ दिने उद्यमशील तालीम संञ्चालन भएको छ ।
महिलाहरुलाई लक्षीत गरी सुरु गरिएको तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालीममा टपरी गाँस्ने, ज्योति कात्ने, ढकिया वनाउने, बाटेको धूप वनाउने र कपासको ज्योति कात्न सिकाइने प्रशिक्षक मध्येकी एक लालीमाया रेग्मीले जानकारी दिइन् । तालीमले महिलालाई आत्मनिर्भर वनाउने उनको भनाई छ ।
तालीमको शुभारम्भ गर्दै वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले महिलाहरुले अव आफ्नो अधिकारको प्रयोग गर्दै सीप सिकेर आत्म निर्भर वन्नुपर्ने वताए । उनले सीपको लागि छुट्याएको बजेट माग र आवस्यकताको आधारमा वितरण गरिने जानकारी दिए ।
संस्थाका अध्यक्ष चेतमाया पँगेनीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष मुरारी शर्मा, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथक, ट्रेड युनियन कांग्रेस प्रदेश सचिव रुद्र तिमिल्सिना, जिल्ला अध्यक्ष कमलवहादुर सापकोटा, प्रदेश महिला समिति अध्यक्ष प्रभा गौतम, कांग्रेस महासमिति सदस्य कोपिला तिवारी, महाधिवेशन प्रतिनिधि रंगिला आचार्य, वडा सदस्य लक्ष्मी पहारी, स्याङ्जाली दिदी वहिनी एकता समाजका अध्यक्ष संगीता पाण्डे, गृह श्रमिक संघ नगर अध्यक्ष माया लामिछाने, हातेमालो आमा समूहका अध्यक्ष अपिला वराल, वडा नं ९ आमा समूहका उपाध्यक्ष कमला श्रेष्ठ र संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सन्तु पौडेल लगायतले वोलेका थिए ।