माघ १२ गते २०८१
हेमजा सञ्चार सहकारीको अध्यक्षमा बास्तोला
हेमजा, १२ माघ
हेमजा सञ्चार सहकारी संस्था पोखरा २५ हेमजाको १२ ओैँ साधारणसभा तथा पाँचौं अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले बिष्णु बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा नारायण बास्तोला, सचिवमा आरती अधिकारी, कोषाध्यक्षमा कमलमणि त्रिपाठी र सहसचिवमा परशुराम अधिकारी चयन हुनु भयो । अन्य सदस्यमा शिवलाल पौडेल, निर्मल श्रेष्ठ, भिमराज भण्डारी र कृष्णराज पोखरेल रहनु भएको छ । समितिका अन्य २ सदस्य तथा लेखा परीक्षण समिति पछि मनोनयन गरिनेछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले जनता सँग समर्पित रहेको रेडियो भएको हुदा चुनौती धेरै रहेको उल्लेख गर्दै फरक किसिमबाट सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहकार कृष्ण कुमारी दवाडी र सदस्य भिमराज भण्डारी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा प्राविधिक एवं संवाददाता गोविन्द तिमिल्सिना र कार्यक्रम सञ्चालक भीमप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष नारायण बास्तोलाले स्वागत गरी सुरु भएको कार्यक्रममा सहसचिव आरती अधिकारीले सहकारीको सात सिद्धान्त वचन गर्नुभयो । सचिव प्रकाशचन्द्र सापकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमलमणि त्रिपाठीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा सभाले पारित गर्यो ।
संस्थाका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गर्नुभएको थियो ।