असाेज १३ गते २०८१
पर्वत फोटोग्राफर संघले गर्यो सम्मान
१३ असोज, पोखरा
पर्वत फोटोग्राफर संघले पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्य समितिलाई एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । साथै पर्वत जिल्ला वाट बिभिन्न क्षेत्र तथा विधामा पुरस्कृत हुने फोटोग्राफरहरु लाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
२०६८ सालमा स्थापित संस्था पर्वत फोटोग्राफर संघले ब्यवसायिक हक हित तथा सामाजिक क्षेत्रमा प्रशंसनिय कार्य गरेको छ । पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल रहेका थिए । उक्त कार्यक्रममा पोखरा फोटोग्राफर संघका हालै निर्वाचित कार्यसमिति अध्यक्ष भक्त तामाङ पदाधिकारीहरु कार्यसमिति सदस्यहरु तथा महिला उपसमिति संयोजकलाई बधाई तथा शुभकामना सहित मायाको चिनो, सम्मान पत्र तथा खादाले सम्मान गरेका थिए ।
कार्यक्रममा हालै सम्पन्न चौथो फोटोग्राफि अवार्ड अन्र्तगत अशोक लाईफ टाइम एचिभ्मेन्टवाट सम्मनित बाग्लुङका मुकुन्द शाक्य , संस्कृति तथा पर्यटन विधामा उत्कृष्ठ भएका समिर रेग्मी, रामतारा दैनिक जनजिवन फोटो विधामा उत्कृष्ठ भएका सुरेशराज रेग्मी लगाएतलाई पनि बधाई तथा शुभकामना सहित सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।
प्रमुख अतिथि पौडेल ले संस्थामा आइपर्ने समस्यालाई राज्य समक्ष पुर्याउनका लागी पर्वत उद्योग वाणिज्य संग कटिवद्ध रहेको कुरा जनाए । सम्मानित ब्यक्तित्व मुकुन्द शाक्यले आफुलाई सम्मान गरेर पोखरा फोटोग्राफर संघले ठूलो गुन लगाएको र पर्वत,बाग्लुङ फोटोग्राफर संघहरुले पनि बधाई तथा सम्मान गरेकोमा औधि खुशि भएको कुरा ब्यक्त गरे । पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले फोटोग्राफरहरुलाई एकै ठाउँमा उभ्याएर ब्यवसायिक गतिबिलता तथा सामाजिक त्रिलयाशिलतामा पर्वत फोटोग्राफर संघ एउटा नमुना संस्था रहेको बताए ।

कार्यक्रममा पर्वत फोटोग्राफर संघ महिला उपसमिति संयोजक जिवन कुमारी शर्मा पोखरा फोटोग्राफर संघकी संयोजक निवर्तमान महिला उपसमिति संयोजक रिता बराल पौडेल,पर्वत फोटोग्राफर संघका सदस्य अर्जुन थापा मगर,पोखरा फोटोग्राफर संघका सचिव लक्ष्मीपति पौडेल, पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष जनकराज तिवारी, पोखरा फोटोग्राफर संघका निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल बाग्लुङ फोटोग्राफर संघका सदस्य मन्जुल शाक्य पर्वत फोटोग्राफर संघका निवर्तमान अध्यक्ष नारायण बहादुर के. सी. लगाएतले आ आफ्नो भनाई राखेका थिए ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय शर्माको सभापतित्वमा शुरु भएको कार्यक्रममा कोषाध्यक्ष सुरेशराज रेग्मीले स्वागत मन्तब्य कार्यक्रम संचालन संस्थाका सचिव नारायणपौडेलले गरेका थिए ।