धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा ।
नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक दिन ४ः३० बजे देखी मञ्चन गरिने छ । यसका अलावा शुक्रबार र शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ । एक घण्टा २० मिनेट लामो रहेको नाटकको टिकट शुल्क तीन सय र दुई सय कायम गरिएको छ ।
मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको नाटकमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राईको अभिनय हेर्न पाईने छ । यस्तै नाटकमा तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदी ब्यवस्थापनको भूमिकामा रहेका छन् ।
परिस्थितिले बाध्यतामा परेर वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरूको परिवार र समाजले व्यहोर्दै आएको कथा बस्तुलाई नाटकमा समाबेश गरिएको निर्देशक चाम्लिङले बताए । कोरोना संक्रमण संगै शिथिल बनेको नाट्य क्षेत्रलाई पुन चलायमान बनाउनका लागी आफूहरूले नाटक बन्द बाक्सा मञ्चन गर्न गईरहेको उनले बताए । चाम्लिङले यसअघि धरानमा लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईँ’लाई नाटकमा रूपान्तरण गरी सफलतापूर्वक मञ्चन गरिसकेका छन् । ‘राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताका भोगाई र दुःख परिवर्तन भएको छैन,’ चाम्लिङले भने, ‘हामीलाई राज्यले भोट बैँकको रूपमा मात्रै प्रयोग गरिरहेको छ, यो नाटक चैँ राज्यव्यवस्थाप्रतिको गुनासो हो ।’
देशमै रोजगारीको सृजना गरिनुपर्छ भन्ने उदेश्य सहितको सन्देश दिनका लागि यो नाटक तयार गरिएको उनले बताए । नाटक राम्रो बनेकाले दर्शकको मन जित्नेमा लेखक तथा निर्देशक चाम्लिङ विस्वस्थ छन् ।
२६ असार पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्याली आगामी पुस महनिाको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले...
Read More
२९ पौष, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्थी लक्षित लागूपदार्थ दुव्र्यसनविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छे« गाउँपालिकामा अवस्थित गौरीशंकर मनिलाल माध्यमिक...
Read More
पोखरा । शिक्षा र स्वास्थ्यलाई अग्रस्थानमा राखी सामाजिक कार्यमा सक्रिय वृहत फेदीखोला पोखरा सम्पर्क समाजले बुधबाट गण्डकी मेडिकल कलेजसंग स्वास्थ्य परिक्षणमा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्पर्क समाज...
Read More
कमल पौडेल अथक पोखरा २०, फागुन पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा सोमवार पोखराको सडकमा पञ्चायतकालिन झल्को देखियो । पोखराको गणेशटोल, भैरवटोल, मोहोरियाटोल र विन्ध्यवासिनी क्षेत्रमा पञ्चायतकालिन झल्को देखिएको हो...
Read More