धरानमा मञ्चन हुने नाटक ‘बन्द बाक्सा’ अन्तिम तयारीमा
रमेश तिमल्सिना चैत्र २३ ,पोखरा ।
नाटक ‘बन्द बाक्सा’ मञ्चनको तयारी अन्तिम चरणमा पुगेको छ । यही चैत २७ गतेदेखि धरान १० स्थित सैनिक भवनमा नाटक मञ्चन हुने छ । वैशाख ३ गतेसम्म मञ्चन हुने नाटकको अहिले ‘रिहर्सल’ चलिरहेको छ । रंगभूमी एकेडेमीले मञ्चन गर्ने नाटक एक हत्ता सम्म मञ्चन हुने छ । नाटक हरेक दिन ४ः३० बजे देखी मञ्चन गरिने छ । यसका अलावा शुक्रबार र शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ । एक घण्टा २० मिनेट लामो रहेको नाटकको टिकट शुल्क तीन सय र दुई सय कायम गरिएको छ ।
मिलन चाम्लिङको लेखन तथा निर्देशन रहेको नाटकमा हरि इवाहाङ लिम्बू, सम्झना राई, रमिता राई, बिशाल नाल्बो, उदीप इवाहाङ, एसिका राई, दीपेन्द्र राई, बलबहादुर राई, सपना तामाङ, प्रियङ्का राई र इन्द्र राईको अभिनय हेर्न पाईने छ । यस्तै नाटकमा तुलसा थापा, सन्देश दाहाल र अस्मिन सुवेदी ब्यवस्थापनको भूमिकामा रहेका छन् ।
परिस्थितिले बाध्यतामा परेर वैदेशिक रोजगारीमा गएका नेपाली तथा उनीहरूको परिवार र समाजले व्यहोर्दै आएको कथा बस्तुलाई नाटकमा समाबेश गरिएको निर्देशक चाम्लिङले बताए । कोरोना संक्रमण संगै शिथिल बनेको नाट्य क्षेत्रलाई पुन चलायमान बनाउनका लागी आफूहरूले नाटक बन्द बाक्सा मञ्चन गर्न गईरहेको उनले बताए । चाम्लिङले यसअघि धरानमा लीलबहादुर क्षत्रीको उपन्यास ‘बसाईँ’लाई नाटकमा रूपान्तरण गरी सफलतापूर्वक मञ्चन गरिसकेका छन् । ‘राजनीतिक व्यवस्था परिवर्तन भएपनि जनताका भोगाई र दुःख परिवर्तन भएको छैन,’ चाम्लिङले भने, ‘हामीलाई राज्यले भोट बैँकको रूपमा मात्रै प्रयोग गरिरहेको छ, यो नाटक चैँ राज्यव्यवस्थाप्रतिको गुनासो हो ।’
देशमै रोजगारीको सृजना गरिनुपर्छ भन्ने उदेश्य सहितको सन्देश दिनका लागि यो नाटक तयार गरिएको उनले बताए । नाटक राम्रो बनेकाले दर्शकको मन जित्नेमा लेखक तथा निर्देशक चाम्लिङ विस्वस्थ छन् ।
काठमाडौंको सडक किनारका जाकारान्डा फूल फूलेर ढकमक्क भएका छन् । उपत्यकाका सडक र खोला किनारमा रहेका जाकारान्डा फूलेपछि सहर सुन्दर देखिन थालेको छ । काठमाडौंको भद्रकालीवाट देखीएको धरहरा संगै...
Read More
काठमाडौं, ३० भदौ । राष्ट्रिय सभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित...
Read More
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र...
Read More
पोखरा, १३ माघ । गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा...
Read More