समाचार

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्झौता पत्रमा हस्ताक्षर

7 years ago Samaya Dristi 0
चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच सहयोग आदानप्रदान गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौको एक होटलमा मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिति रहेको थियो । अध्यक्षद्धयको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण थप समाचार

फिफा ‘द बेस्ट अवार्ड’ मेस्सीले जिते

7 years ago Samaya Dristi 0
फिफा सर्वोत्कृष्ट बर्ष खेलाडी अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सीले जितेका छन् । विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को फिफा ‘द बेस्ट अवार्ड’ सोमबार राति मेस्सीलाई प्रदान गरेको छ । मेस्सीले अवार्डको अन्तिम मनोनयनमा परेका नेदरल्यान्ड्स तथा लिभरपुलका स्टार भर्जिल भान डाइक र पोर्चुगल तथा युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्डमा थप समाचार

कक्षा ११ को नतिजा सार्वजनिक

7 years ago Samaya Dristi 0
कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित थप समाचार

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुदै

7 years ago Samaya Dristi 0
साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले दिए । सो थप समाचार

स्कुल नजानेमा छात्राभन्दा छात्र धेरै

7 years ago Samaya Dristi 0
सरकारले आधारभूत शिक्षा (कक्षा १ देखि ८ सम्म) लाई अनिवार्य र निःशुल्क घोषणा गरेको छ । तर, यो तहमा अध्ययन गर्ने उमेरका तीन लाख चार हजार चार सय ७६ बालबालिका विद्यालयबाहिर रहेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रले तयार पारेको प्रतिवेदनले जनाएको छ। अघिल्लो वर्ष सरकारले तामझामका साथ विद्यालय भर्ना अभियान सञ्चालन गरेको थियो । थप समाचार

उपनिर्वाचनको लागी २२ दल दिए आयोगमा दर्ता निवेदन

7 years ago Samaya Dristi 0
उपनिर्वाचनको प्रयोजनका लागि २२ राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन्। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो निवेदन दिएका हुन्। प्रतिनिधिसभा एक, प्रदेशसभा तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ३६ जिल्लाका ४१ वडाध्यक्षका लागि हुने निर्वाचनमा सहभागी हुने प्रयोजनले दल दर्ता हुनलागेको हो। भदौ १६ गतेदेखि थप समाचार

चीनमा पढ्दै नेकपाका २९ मेयर नेकपाका २९ मेयर

7 years ago Samaya Dristi 0
केही दिनयता चीनको कुनमिङमा कक्षा लिइरहेका छन।पढाइका विषय छन–चीनको आर्थिक तथा सामाजिक विकास, पर्यटन, औद्योगिकरण, सहरीकरणलगायत।साथमा चीन सरकारले राज्य सञ्चालनमा अवलम्बन गरेका विधि र प्रक्रियासमेत सिकिरहेका छन। ‘सेमिनार अफ मेयरर्स फ्रम नेपाल’ नाम दिइएको प्रशिक्षणमा तीमध्ये तीनजना गाउँपालिकाका अध्यक्ष छन। युनान प्रान्तको कुनमिङस्थित ‘युनान युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ मा चिनियाँ विशेषज्ञ र प्राध्यापकले तिनलाई थप समाचार

अमेरिकाले किन लुकाउँने गर्दछ,गुफाभित्र तेल?

7 years ago Samaya Dristi 0
साउदी अरेबियाका मुख्य तेल प्रशोधनस्थलहरूमा आक्रमणपछि अमेरिका जमिनमुनि राखेको तेलको ठूलो आपत्कालीन भण्डार उपयोग गर्ने योजनामा छ । प्रशोधनस्थलमा ठूलो आगलागीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बजारमा तेलको सहज आपूर्तिका लागि अमेरिकाले आपत्कालीन प्रयोगका लागि भण्डारण गरेको तेल प्रयोग गर्न सकिने बताएका थिए । टेस्सास र लुजियान राज्यमा नुनिला गुफामा भण्डारण गरिएको ६४० मिलियन ब्यारेलभन्दा बढी थप समाचार

सी भ्रमणपूर्व नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको साझा बैठक बस्ने

7 years ago Samaya Dristi 0
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ । शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका सदस्यलाई राष्ट्रपति सीको भ्रमण तयारीपूर्व चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभाग र नेकपा स्कूल विभागले काठमाडौंमा आयोजना गर्न लागेको विचार गोष्ठीबारे जानकारी गराएका थिए । ‘चिनिया थप समाचार

संवैधानिक इजलास बस्न नसक्दा ४५० मुद्दा फैसला हुन सकेनन

7 years ago Samaya Dristi 0
प्रधानन्यायाधीश र न्यायाधीशको बेवास्ताका कारण एक महिनादेखि संवैधानिक इजलास प्रभावित बनेको छ । संवैधानिक इजलास बस्न नसक्दा संवैधानिक प्रश्नसँग जोडिएका ४५० बढी मुद्दाको फैसला हुन सकेको छैन । न्यायपरिषद्को २८ साउनको बैठकले संवैधानिक इजलासमा थप ६ जना न्यायाधीशको नाम सिफारिस गरेयता संवैधानिक इजलास बस्न सकेको छैन । संवैधानिक इजलासमा यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार थप समाचार