भाद्र २८ गते २०७७
रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन
२७ भाद्र,पोखरा
लायन्स क्लव अफ पोखरा हिमालयनद्धारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । क्लवको वार्षिक कार्यक्रम अन्तरगत क्षेत्रिय रक्त संचारकेन्द्र पोखराको प्राविधिक सहयोगमा पोखरा ९ नयाँबजारमा आयोजित उक्त कार्यक्रममा ५४ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यले जानकारी दिए ।
ब्लड डोनेसन डिपार्टमेन्ट चिफ लायन बालकृष्ण शर्माले पहिलो रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । सो क्रममा बोल्दै उनले लायन्स क्लवहरुले यस्ता प्रकारका मानविय सेवाका कयौन कार्यहरु मार्फत सामाजिक उत्तरदायित्व बहन गरिरहेको बताए । यस्ता प्रकारका कार्यक्रमहरुको निरन्तरता जरुरी रहेकामा उनले जोड दिएका छन् ।
कार्यक्रममा जोन.८३ की जोन चियर पर्सन लायन सपना रानाले कोरोना महामारीका कारण अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि समेत रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लव र ति क्लवहरुमा आवद्ध लायनहरुलाई यस्ता प्रकारका निस्वार्थ सेवामा सर्मपित हुन उत्प्रेरणा प्रदान गरिन ।
क्षेत्रिय रक्तसंचार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्दा मानिस थप स्वस्थ र तन्दुरुष्ट हुने उल्लेख गर्दै योग्य र स्वस्थ मानिसका लागि रक्तदान अनिवार्य हुने बताए । रक्तदानका विषयमा मानिसहरुमा अझैपनि भ्रम रहेको उल्लेख गर्दै उनले यस्ता प्रकारका भ्रमहरुलाई चिर्दै लायन्स क्लवले गरेको पवित्र कार्यको प्रशंसा पनि गरे । पछिल्लो पटक मुलुकमा जारी कोरोना भाइरसको संक्रमण जोखिम र दैनिक भैरहेको मृत्युका कारण मानिसहरमा चिन्ता थपिएका छन् ।
यसबिचमा पनि स्वास्थ्यका आवाश्यक मापदण्डहरु अवलम्बन गरि सफलता पुर्वक रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । क्लवका अध्यक्ष लायन दिनेशराज शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्लवका पुर्व अध्यक्ष एंव सल्हाकार लायन सुविन्द्र श्रेष्ठ र संचालक सचिव लायन नविन नापितले गरेका थिए ।