भाद्र २९ गते २०७७

गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिए


२९ भाद्र,पोखरा

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पúेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।
बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ कास्की जिल्ला, पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ कास्की जिल्ला, पोखरा महानगरपालिका ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ पोखरा महानगरपालिका ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा जानकारीमा आएको छ ।
नवलपरासी जिल्ला, मध्यबिन्दु १२ स्थायी ठेगाना हुनभएका बर्ष ६० का पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको
छ निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराईरहनुभएको वहाँको कोरोनाको संक्रमण पुष्टी भएको र मिति २०७७र०५र२६ गते दिउसो ४ः३० बजे मृत्यु भएको जानकारी अस्पताल प्रशासनबाट प्राप्त भएको छ ्र यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ।