फागुन ४ गते २०७७
आज विद्याकी देवी सरस्वतीको पूजा आरधना गरी मनाइँदै
पोखरा, ०४ फागुन ।
हरेक वर्ष माघ शुक्ल पन्चमीका दिन मनाइने श्रीमन्चमीमा देशभर बिद्याकी देवी सरस्वरीको पूजा गरिँदैछ ।
वसन्त ऋतुको सुरुआत हुने भएकाले वसन्त पन्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि बढ्ने विश्वास छ । आज देशभरका सरस्वती मन्दीरमा श्रद्धालुको भीड लाग्ने गरेको छ । बिद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजको दिनदेखि बिद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ ।
आजको दिन आफैंमा शुभ हुने भएकाले विवाह, व्रतबन्ध लगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ ।
पोखराको विन्दवासीनी, उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा विहानैदेखि पूजाआजा भइरहेको छ ।