वैशाख ६ गते २०७८
दोहोरी कलाकारलाई राज्यले उपेक्षा गरेको गुनासो

कमल पौडेल अथक
पोखरा ५,बैशाख
कलाकारलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रमका वक्ताले गुनासो गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशद्धारा हिजो पोखरामा आयोजित सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा वोल्ने वक्ताले सो कुरा वताएका हुन् ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले पत्रकार र कालाकारको व्यथा एउटै भएको वताइन् । उनले राज्यले यी दुवै पेशाकर्मीका माग सम्वोधन गर्नु पर्ने वताइन् । उनले सरकारले गरेका राम्रा कामलाई पत्रकारहरुले जनसमक्ष ल्याउनु पर्ने वताइन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघमा भर्खरै निर्वाचित जिल्ला र प्रदेशका पदाधिकारी र कलाकारहरुलाई सस्थाले मायाको चिनो दिएर सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष रमेशवहादुर गन्धर्व, पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपाने, महासंघ कास्की अध्यक्ष विमला भण्डारी, गण्डकीका सचिव राजन कार्की लगायतले आ आफ्ना भनाई राखेका थिए ।