चाम्सको लभस्टोरीमा साम्राज्ञी अनुबन्धित, बैशाखदेखि छायांकन सुरु हुने

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । मिलन चाम्सको आगामी अनटाइटल प्रोजेक्टको मुख्य अभिनेत्रीमा साम्राज्ञी शाह अनुबन्धित भएकी छिन् । लिड मेलमा चाहिँ नयाँ अनुहारलाई डेब्यु गराइने तयारीमा चाम्स छन् । यसैसाता चाम्स इन्टरटेनमेन्ट र अभिनेत्री शाहबीच लिखित सम्झौता भएको हो । चाम्सले निर्देशन गर्ने ‘गोर्खा वारियर’पछि यो लभस्टोरी फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ ।फिल्मको वर्किङ टाइटल थप समाचार

देउवा,प्रचण्ड र माधव बिच छलफल हुदै

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड-माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ । विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता तय भएको हो । चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको थप समाचार

स‌ंसदीय दलको बैठक बस्दै नेकपा प्रचण्ड–नेपाल समूह

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ।सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो। अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस थप समाचार

प्रधानमन्त्री राजीनामा देऊ : वामदेब गौतम

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् । गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली थप समाचार

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय थप समाचार

प्रचण्ड भन्छन् हामी अहिले रक्तपातहीन युद्धमा छौं

5 years ago Samaya Dristi 0
काठमाडौं,११ फागुन । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि आफूहरू युद्धमा रहेको टिप्पणी गरेका छन् । तर, त्यो युद्ध रक्तपातहीन रहेको उनको भनाइ छ । ‘हामी अहिले जनयुद्ध र जनआन्दोलनका उपलब्धि अपहरण गर्न खोज्नेविरुद्ध एक प्रकारको युद्धमा छौं,’ मंगलबार ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोन गर्दै प्रचण्डले भने, ‘हामी रक्तपातहीन युद्धमा छौं थप समाचार

रबि लामिछानेले खोले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन

5 years ago Samaya Dristi 0
काठमाडौं,११ फागुन । सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने थप समाचार

सरकारद्धारा विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी

5 years ago Samaya Dristi 0
काठमाडौँ ,११ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको छ । वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो । राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रीपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।त्यसका लागि बालुवाटारमा सुरक्षा परिषदको बैठक थप समाचार

शिक्षक हत्या आरोपमा विप्लवका जिल्ला इन्चार्ज थुनामा

5 years ago Samaya Dristi 0
मोरङ, ११ फागुन । शिक्षक हत्या आरोपी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या आरोपमा न्यायाधीश कपिलमणि गौतमको इजलासले संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई सोमबार थुनामा राख्न आदेश थप समाचार

प्रसाद २ मा निश्चल बस्नेत

5 years ago Samaya Dristi 0
काठमाडौं,१० फागुन । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत भित्रिएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले फिल्म साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् । थप समाचार