समाचार

अर्मला कोटमा कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न

5 years ago Samaya Dristi 0
पोखरा,१९ माघ । पोखरा महानगर पालिका १६ स्थित रमणिय अर्मला कोटमा दुई दिने कानुनी सचेतना एवम अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं १६ को आयोजनामा अर्मला कोटका महिलाहरुलाई लक्षित गरी महिला शसक्तिकरणका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त सचेतना कार्यक्रम पश्चात होम स्टे सञ्चालन गर्ने अर्मलाका करिव ३० थप समाचार

सर्वोच्चमा नेकपा अध्यक्ष प्रचण्डविरूद्ध अपहेलना मुद्दा दर्ता

5 years ago Samaya Dristi 0
काठमाडौँ, १९ माघ । नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी थप समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

5 years ago Samaya Dristi 0
काठमाडौँ, १९ माघ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी भएको बोर्डले जनाएको छ । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को थप समाचार

कुष्ठरोग निवारणमा गण्डकी प्रदेशको प्रगति सन्तोषजनक

5 years ago Samaya Dristi 0
कमल पौडेल अथक पोखरा १८, माघकुष्ठरोग निवारणमा गण्डकी प्रदेशको प्रगति सन्तोषजनक रहेको स्वास्थ्यकर्मीहरुले दावी गरेका छन् ।प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीद्धारा शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा वोल्ने स्वास्थ्यकर्मीहरुले सो दावी गरेका हुन् ।गत आर्थिक वर्षको अन्त्यमा प्रति १० हजार जनसंख्यामा गण्डकीको ०.४० प्रिभिलेन्स दर रहेको छ । हाल नेपालको प्रिभिलेन्स दर ०.६९ प्रतिशत रहेको कुष्ठरोग विशेषज्ञ थप समाचार

जनताको मुटुमा छुरा हाने जस्तै हो संसद भंग गर्नु नेपाली : प्रचण्ड

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ माघ । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नेपाली जनताको मुटुमा छुरा प्रहार गरेको बताएका छन्।आइतबार काठमाडौँमा नेपाल किसान महासंघको कन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘प्रतिनिधि सभा भंग गर्नु सबै नेपाली जनताको मुटुमाथि छुरा हानेजस्तै थप समाचार

ओली पक्षको जनसभा २३ माघमा

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ । कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ । वागमती कमिटीका अध्यक्ष थप समाचार

बिदेशमा निधन हुने नेपालीको सङ्ख्या ३३० पुग्यो

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ माघ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव थप समाचार

काठमाण्डौमा बर्ड फ्लू देखियो, सम्भावित क्षेत्रमा उच्च निगरानी

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १८ माघ । काठमाण्डौमा बर्ड फ्लू देखा परेको छ । यसअघि भारतमा बर्ड फ्लू देखिएकाले भारतसँगको सबै नाकामा कडाइ गरिएको पशुसेवा विभागले जनाएको छ । विभागले भारतबाट हुने पंक्षीजन्य सबै वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइएको पनि जनाएको छ । अघिल्लो महिना भारतका विभिन्न ठाउँहरुमा बर्ड फ्लु रोग देखा परेसँगै नेपालमा सतर्कता बढाइएको बताइए पनि थप समाचार

ओली पक्षद्धारा निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह

5 years ago Samaya Dristi 0
काठमाण्डौ, १६ माघ । निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो । नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै थप समाचार

शहीदको सम्झनामा शहीद दिवस मनाइँदै

5 years ago Samaya Dristi 0
काठमाडौं,१६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमकासाथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाण्डौ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ थप समाचार