फागुन ४ गते २०७७

ओली पक्षले पोखरामा फागुन १३ गते मोटरसाइकल र्‍याली र १५ गते जनसभा गर्ने

पोखरा, ०४ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा ‘विशाल मोटरसाइकल’ र्‍याली गर्ने घोषणा गरेको हो ।१५ गते पोखरामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।

जनसभालाई सफल पार्न युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२ जनाको स्वयंसेवक समिति गठन गरिएको छ । जनसभालाई सघाउन समितिले फागुन ११ गतेदेखि विभिन्न चरणबद्ध कार्यक्रम गर्ने संयोजक राजीव पहारीले जानकारी दिए । उनले समितिले मोटरसाइकल र्‍यालीसहित मार्चपास, बहृत स्वयंसेवक भेला गर्ने समितिले तयारी गरिरहेको जनाए ।