फागुन ५ गते २०७७

पत्ता लगायो प्रहरीले भागरथीको हत्यारा, केही बेरमा साबर्जनिक गरिदै

कैलाली,०५ फागुन ।

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या प्रकरणमा उनकै सहपाठीको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको छ । भागरथीसँगै स्थानीय सनातम धर्म माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत युवकले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।उनले प्रहरीसमक्ष भीरबाट लडाएर घाइते बनाएपछि बलात्कार गरेर ज्यान लिएको वयान दिएका छन् । प्रहरीले केही बेरमा पत्रकार सममेलन गरेर आरोपीलाई सार्वजनिक गर्दे छ ।