फागुन ६ गते २०७७

पोखराको एउटै मञ्चमा कांग्रेसका दुइनेताको दुइथरी भाषण, र्याली निकाल्न पनि मगर संघको जातिवाद


कमल पौडेल अथक
पोखरा ६, फागुन
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले संसद विघटनको मुद्धामा कांग्रेसले अदालतको निर्णय पर्खिने वताएका छन् । नेपाल मगर संघ गण्डकीको प्रथम भेलालाई विहीवार पोखरामा सम्वोधन गर्दै सभापति देउवाले सो कुरा वताएका हुन् ।
उनले अदालतले संसद पुनस्र्थापना भनेपनि वा मध्यावधि निर्वाचनमा जाउ भनेपनि कांग्रेस तयार रहेको वताए । उनले कांग्रेसको केन्द्रीय महाधिवेशन भदौमा हुने समेत वताए ।
वर्तमान सरकार जनतावाट वहिस्कृत भै सकेको भन्दै उनले जनताको मन जित्ने काम गर्न कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
यसैवीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति देउवाले दुइ थरी कुरा गरेर कार्यकर्तालाई भ्रममा पारेको आरोप लगाए । केपी ओलीले संसद विघटन गर्नु संविधानको हत्या नै हो यो वेला पनि जे पायो त्यही वोल्दै हिड्ने भन्दै उनले देउवाको कटाक्ष गरे ।
कांग्रेसका दुइ नेताले एउटै मञ्चमा दुइ थरी भाषण गरेपछि कार्यकर्ताहरु अलमलमा परेका छन् ।
यसअघि मगर संघले नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगावाट र्याली निकालेर प्रदर्शनी केन्द्रमा जाने भन्दै पत्राचार गरेको थियो । सोही अनुसार पार्टी कार्यालय चिप्लेढुंगामा विहान ११ वजे पुगेका कांग्रेसी कार्यकर्ताहरु त्यहाँवाट र्याली नभएको जानकारी पाएपछि निराश हुँदै फर्किएका थिए ।
नेपाली कांग्रेस निकटको मगर सँघले भने पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक विस्थापित गरी राखिएको लखन थापाको शालिक भएको स्थानबाट र्याली निकालेको थियो ।
कांग्रेस निकट मगर संघ भएपनि जातिवादमा लागेर पार्टी कार्यालयवाट निकाल्ने भनेको र्याली लखन थापाको शालिक नजिकबाट निकालेर कार्यकर्तालाई भ्रममा पारेको गुनासो कार्यकर्ताहरुले गरेका थिए ।
मगरसंघको यो हर्कत देखेपछि कतिपय र्यालीमा सहभागी हुन भनेर आएका कांग्रेसका बौद्धिक व्यक्तिहरु कार्यक्रम स्थल नपुगी वाटैवाट फर्किएको सहभागीहरुले जानकारी दिएका छन् ।