मंसिर ४ गते २०८०
कोपिला सहकारीको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ (फोटो फिचर)
पेखरा, ३ मंसिर
पोखराको सिद्धार्थचोकस्थित कोपिला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा कृष्णकुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइतबार संस्थाको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षको लागि नयाँ सञ्चालक समिति सर्व सम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा रहनुभएको छ ।
सञ्चालक समिति सदस्यमा धनेश्वर अधिकारी, विष्णुप्रसाद सुवेदी, कृष्णकुमार खड्का, सुलोचना देवकोटा र शान्ति भट्टराई खनाल चयन हुनुभयो ।लेखा सुपरीवेक्षण समिति संयोजकमा केशवराज अधिकारी सदस्यमा किशोर अधिकारी र भरत आचार्य चयन हुनुभयो । निर्वाचन संयोजक कानुनी सल्लाहकार दिपकराज पौडेल रहनुभएको थियो भने सदस्यमा मदन प्रसाद आचार्य र रामचन्द्र शर्मा रहनुभएको थियो ।
यसअघि संस्थाको साधारणसभा उद्घाटन पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गर्दै आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रमुख अमृत श्रेष्ठ, लेखा समिति संयोजक केशवराज अधिकारी, सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्की, सेयर सदस्य द्रोणराज भूर्तेल, लेखा परीक्षक सिए अनिल लामिछाने लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०६४ सालमा स्थापना भएको सहकारीमा हाल सम्म ८४७ शेयर सदस्य रहेका छन । संस्थाको शेयर पुंजी रु ४ करोड ३१ लाख ,बचत रु १० करोड ७६ लाख र ऋण लगानी १२ करोड २ लाख रहेको जानकारी संस्थाका ब्यवस्थापक रवि बराल ले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाले वर्ष भरीमा उत्कृष्ट कारोवारी,असल कारोवारीलाई सम्मान गरेको थियो भने प्रत्येक बर्ष पूदान गरिने कोपिला वर्ष सदस्य वाट शान्ती कोइरालालाई सम्मान गरिएको थियो। संस्थाले १२ कक्षा उत्तिर्ण गरेका शेयर सदस्यका छोराछोरी लाई प्रोत्साहन सम्मान गरेको थियो ।

साधारणसभामा सहकारीका सात सिद्धान्त वाचन उपेन्द्रराज पोख्रेल , सचिवको प्रतिवेदन सञ्जय पौडेल, कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद अधिकारी तथा लेखा समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक केशवराज अधिकारीले प्रस्तुत गर्नुभयो ।सहकारीका अध्यक्ष ठाकुरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सञ्चालन सचिव सञ्जय पौडेलले गर्नुभएको थियो ।