मंसिर ४ गते २०७८

स्याङ्जा क्षेत्र नं १ प्रदेश सभा९क० को सभापतिमा केशर र सचिवमा वाग्ले विजयी


कमल पौडेल अथक
पोखरा ४, मंसिर

नेपाली काँग्रेसको चौँधौँ महाअधिबेशन अन्तर्गत शुक्रवार सम्पन्न भएको प्रदेश अधिवेशनमा स्याङ्जा जिल्ला क्षेत्र नं।१ प्रदेश सभा९क० को सभापतिमा केशर बहादुर खाँण ९ध्रुव० ३६२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी सीमा केसी कर्माचार्यले १६७ मत प्राप्त गरेकी छन् । त्यसैगरी उपसभापतिमा बोधराज अर्याल ३४० र हुमवहादुर लम्साल राजेन्द्रले २७५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पधी इन्द्रवहादुर मास्कीले २३२ र हिरण्य पौडेलले १६० मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा नवराज वाग्ले ३११ र आशिष लम्साल २९० मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी मोहन थापाले २३७ र विष्णुकुमार श्रेष्ठले १६१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सहसचिव पदमा राजेन्द्र शर्मा ३७९ र बेदकुमार गुरुङ ३११ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रीमवहादुर गुरुङ २९० मत प्राप्त गरी विजयी भएका छन् ।