असाेज २५ गते २०७८

घान्द्रुक जीप दुर्घटना: ८ जनाको मृत्यु, एक घाइते

पोखरा, २५ असोज । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री छन् । यस्तै, यात्रुहरु काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् । पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार थिए ।