भाद्र १५ गते २०८२
बरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र १४
बरिष्ठ सिनेमाटोग्राफर मञ्जुकुमार श्रेष्ठलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । पोखरा फोटोग्राफर संघको ४४ औं साधारण सभाको अवसर पारेर श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफी तथा सिनेमाको क्षेत्रमा लामो समयदेखी उल्लेख्य योगदान दिदैँ आएका श्रेष्ठ बरिष्ठ सिनेमाटोग्राफर हुन् । उनले जीवनरेखा,बिश्वास,मायालु,सन्तान,तिलहरी,कन्यादान,बाडुली,लोभिपापी,परिवार,अधिकार,गोपिकृष्ण,संकल्पसम्पिति,पुकार,प्रेमपिण्ड,अर्पण,टुहुरो,महामाया,झझल्को,दाजुभाई,राजमति,बरपिपल,सिउँदोको सिन्दुर लागाएत दर्जनौ फिल्म तथा डकुमेन्ट्रीहरु छायाँकन निर्देशन गरेका छन । पछिल्लो समय आफुसंग भएको ज्ञान फोटोग्राफरहरुका लागी तालिम र अन्तरकृयाका माध्यमवाट प्रदान गर्दै आउनुभएको छ । सम्मानित हुँदै श्रेष्ठले फोटोग्राफर संघ सम्पूर्ण फोटोग्राफरहरुको आस्था र विस्वासको संस्था रहेको बताए र यस्ता संघ संस्थाहरु मार्फत फोटोग्राफीलाई अघि बढाउन सजिलो हुने कुरा बताए । पोखरा फोटोग्राफर संघले आफुलाई सम्झेकोमा निकै नै हर्षित भएको कुरा बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि माननिय उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले फोटोग्राफी क्षेत्रका धरोहर ब्यक्तित्वलाई सम्मान गर्ने परिपाटीको खुलेर प्रशंशा गर्नुभयो फोटोग्राफीका माध्यम वाट देशमा पर्यटनको प्रचुर सम्भावना रहेकोले सबै फोटोग्राफरहरुलाई यस पेशाप्रति खुलेर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दुर्गा प्रसाद पौडेलले सन्मानित व्यक्तित्व मञ्जु कुमार श्रेष्ठको जिवनी बारेमा मौखिक तथा बायोग्राफी भिडियो बनाइ प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै बिशेष अतिथि कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले फोटोग्राफी विधा आजको निकै आवश्यकता भएको बताउनुभयो । उनले अहिले आर्टिफिसियल प्रविधिमा प्रवेश गरिसकेको र फोटोग्राफीका बारेमा तालिम आवश्यक भएमा तेसका लागी सहकारी सहयोग गर्न तयार रहेको बताउनुभयो । अर्का बिशेष अतिथि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष नारायण बहादुर के। सीले फोटोग्राफरहरु माझ एकता र भाइचारा र बिभिन्न जिल्लाका फोटोग्राफरहरु विच आपसी चिनजान गर्नमा ठूलो भुमिका खेलेको बताउनुभयो ।
सो कार्यक्रममा शुभकामना महिला विकास संस्थाकी सचिव पुष्पा श्रेष्ठ, , सिद्धार्थटोल विकास संस्थाका अध्यक्ष भवानी माकाजु, कपडा ब्यवसायी एशोशियसन कास्की उपाध्यक्ष चोक गुरुङ, पूर्व अध्यक्षहरु राममणि पौडेल, बलराम शर्मा, फोकस बुलेटिन संयोजक घनश्याम पौडेल फोटो कन्र्सन काटमाडौंका सिइयो दिनेश अर्याल ,चितवन फोटोग्राफी संघका अध्यक्ष हरि पन्त, पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसी, काठमाडौं फोटोग्राफर संघका हरि प्रसाद घिमिरे, निर्वतमान अध्यक्ष रामचन्द्र पोख्रेल, पोखरा फोटोग्राफर संघका संरक्षक तथा रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारका अक्ष्यकोष दाता गणेश छवि लगाएतले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाले आफ्ना सदस्यका १२ कक्षा पास भएकोमा सम्मान गरेको थियो भने संस्थाको वार्षिक बुलेटिनको रुपमा प्रकाशन गरिदै आएको फोकस बुलेटिन लोकार्पण गरिएको थियो ।
कार्यक्रममा पोखरा फोटोग्राफर संघका सचिव लक्ष्मीपति पौडेलले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने संघका अग्निधर तिम्सिनाले यस आर्थिक वर्ष को आयव्याय रिपोट गर्नुभएको थियो । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष भक्त तामाङ को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नन्दकला पौडेल ले स्वागत तथा सचिव लक्ष्मीपति पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।