पोखरा, ७ असोज । संयुक्त अरब इमिरेट्स यूएई को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित हवाई उडान सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको बि७३७–म्याक्सएट जहाज अवतरण भयो । ११३ जना यात्रु बोकेर आएको उक्त जहाज राति नै १५२ जना यात्रु बोकेर दुबई फर्किसकेको छ । पोखरा विमानस्थलमा पानीको फोहराले विमानको स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । १६६ सिट क्षमताको उक्त जहाजमा १० सिटमा बिजनेस र १५६ जनाको इकोनोमी क्लासका सिट छन् ।
पोखराका लागि यो उडान ऐतिहासिक भएको भन्दै पोखरेलीले हर्षविभोर हुँदै स्वागत गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा। मुकेश डंगोल, पोखराका मेयर धनराज आचार्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, पोखरा विमानस्थल प्रमुख, क्यानका पदाधिकारी तथा कर्मचारीहरू, पोखरेली पर्यटन व्यवसायीहरूलगायतले उत्साहका साथ फ्लाई दुबई र यात्रुलाई स्वागत गरेका हुन् । अझ रोचक पक्ष के छ भने, विमान उडाउने नेपाली पाइलट सर्वजित यादव थिए । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । यात्रुहरु पनि विभिन्न देशबाट दुबई हुँदै पोखरा ओर्लिएका छन् ।
विगतमा केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ । मेयर आचार्यले यात्रुलाई स्वागत तथा बिदाइ गर्दै आजको यो उडान अब हरेक दिन र नियमित रूपमा सञ्चालन हुने अन्तर्राष्ट्रिय हवाई सेवाको स्थायी सुरुवात बनोस् भनी सदीक्षा व्यक्त गरे ।
कमल पौडेल अथकपोखरा १७, पुस नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले बीपी कोइरालालाई चिन्न नसकेको वताएका छन् । ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कास्की कांग्रेसद्धारा शुक्रवार...
Read More
मंसिर ३,पोखरा नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति...
Read More
पोखरा ,१५ मंसिर । आउँदो मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरामा आयोजना हुने लागेको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को ९० प्रतिशत तयारी पूरा भएको छ ।...
Read More
पोखरा । बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको...
Read More