पोखरा, ७ असोज । संयुक्त अरब इमिरेट्स यूएई को ध्वजावाहक वायुसेवा कम्पनी फ्लाई दुबईले बुधबारदेखि पोखरामा नियमित हवाई उडान सुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ ६ बजेर २२ मिनेटमा फ्लाइ दुबईको बि७३७–म्याक्सएट जहाज अवतरण भयो । ११३ जना यात्रु बोकेर आएको उक्त जहाज राति नै १५२ जना यात्रु बोकेर दुबई फर्किसकेको छ । पोखरा विमानस्थलमा पानीको फोहराले विमानको स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । १६६ सिट क्षमताको उक्त जहाजमा १० सिटमा बिजनेस र १५६ जनाको इकोनोमी क्लासका सिट छन् ।
पोखराका लागि यो उडान ऐतिहासिक भएको भन्दै पोखरेलीले हर्षविभोर हुँदै स्वागत गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डा। मुकेश डंगोल, पोखराका मेयर धनराज आचार्य, महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, पोखरा विमानस्थल प्रमुख, क्यानका पदाधिकारी तथा कर्मचारीहरू, पोखरेली पर्यटन व्यवसायीहरूलगायतले उत्साहका साथ फ्लाई दुबई र यात्रुलाई स्वागत गरेका हुन् । अझ रोचक पक्ष के छ भने, विमान उडाउने नेपाली पाइलट सर्वजित यादव थिए । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । यात्रुहरु पनि विभिन्न देशबाट दुबई हुँदै पोखरा ओर्लिएका छन् ।
विगतमा केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ । मेयर आचार्यले यात्रुलाई स्वागत तथा बिदाइ गर्दै आजको यो उडान अब हरेक दिन र नियमित रूपमा सञ्चालन हुने अन्तर्राष्ट्रिय हवाई सेवाको स्थायी सुरुवात बनोस् भनी सदीक्षा व्यक्त गरे ।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह स्थल नारायणी किनारमा उर्लिएको मानव समुन्द्र तस्विरः निरोज भण्डारी/दुर्गा प्रसाद पौडेल
Read More
पोखरा, फागुन २० गते । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अङ्ग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । गुरुङको पहिलो कृति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक...
Read More
नेपाल समाजशास्त्र संघको आयोजनामा पोखरामा ३ दिने अन्तराष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम नेपाल समाजशास्त्र संघका अध्यक्ष एवं गण्डकी...
Read More
काठमाडौं, ६ भाद्र । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले क्रियाशील सदस्यताको सूची तत्काल सार्वजनिक गर्न माग गरेका छन् । वडा अधिवेशनसन आइसक्दा पनि क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक नहुनु आपत्तिजनक रहेको...
Read More