भाद्र ३१ गते २०८०

काठमाडौं फोटोग्राफर संघमा हरि घिमिरे

३० भाद्र काठमाडौं ।
काठमाडौं फोटोग्राफर संघको १५औँ साधारणसभा तथा ८ औं अधिवेसनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिवेसनबाट हरि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा आनन्द प्रभाकर घिमिरे, सचिवमा रेशमराज पन्डित, सहसचिवमा रण बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुशील ज्ञवाली चयन भएका छन् । सदस्यहरुमा हरी ज्ञवाली, किशोर रीजाल, कालिका प्रसाद रिमाल, अविन माझी, चन्द्रलाल राई , मनिष तामाङ, राजकुमार बजगाई, माधव प्रसाद तिमल्सिना, कृष्ण पराजुली, बसन्त जोशी, भक्तराज श्रेष्ठ, मिलन तमाखु चयन भएका छन ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिंदै घिमिरेले संघ मार्फत फोटोग्राफरहरुको हकहितमा काम गर्ने र ब्यवसायलाई प्रविधि मैत्री बनाउंदै लैजाने बताए । २०६५ सालमा स्थापना भएको संस्थामा करिव ८०० जना फोटोग्राफरहरु आवद्ध रहेको कुरा निवर्तमान अध्यक्ष डिगम्वर राजबंशी ले बताए । संस्थाले छोटो समयमा पनि फोटोग्राफरहरुको हितमा उल्लेख्य काम गरेको कुरा संस्थापक अध्यक्ष ओम बहादुर पाण्डे ले बताए । संस्थाले काठमाडौं, भक्तपुर, ललितपुर जिल्लामा फोटोग्राफी ब्यवसाय गरेर बसेका फोटोग्राफरहरुलाई समेटेको छ ।