समाचार

भारी वर्षाको कारण खतराको साइरन बजाइयो

5 years ago Samaya Dristi 0
काठमाडौं, ०१ असार । लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजारामप्रसाद ढकालका अनुसार गण्डकी प्रदेशका थप समाचार

निर्वाचन आयोगको निर्णय मान्य हुँदैन : उपेन्द्र यादव

5 years ago Samaya Dristi 0
काठमाडौं, ०१ असार ।जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका सम्बन्धमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय मान्य नहुने बताएका हुन् । निर्वाचन आयोगको तटस्थता र निश्पक्षतामाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ ।मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आयोगको उक्त कदमविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी रहने चेतावनी दिएका छन् थप समाचार

कोरोनाको खोप लगाएकामा समेत नयाँ भेरियन्ट पुष्टि, कति घातक ?

5 years ago Samaya Dristi 0
पोखरा, ०१ असार ।कोरोना भाइरसले फेरि रुप बदलेको छ । दोस्रो लहरमा खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको हो । भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना भाइरसका संक्रमित पाइएका छन् । भारतमा छ राज्यका आठ जनामा यो भेरियन्ट पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म बिटा भेरियन्टमा पाइएको म्युटेसन ९उत्परिवर्तन० अब थप समाचार

हालसम्मकै उच्च विन्दुमा नेप्से, २० अर्ब बराबरको कारोबार

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० जेठ । आइतबार नेप्से परिसूचकमा उछाल आएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३८।३२ अंकले बढेर २९८३।११ विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । गत जेठ २५ गते २९६० दशमलव १४ विन्दुमा पुगेको थियो । सेयर बजारमा उछाल आएसँगै आज कारोबार रकम समेत हालसम्मकै उच्च भएको छ । थप समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, यस्तो हुनेछ मोडालिटी

5 years ago Samaya Dristi 0
काठमाडौं, ३० जेठ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न थप समाचार

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

5 years ago Samaya Dristi 0
पोखरा, ३० जेठ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् । मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहन्छ । घिमिरे तीन वर्षअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । थप समाचार

कांग्रेसको १४ औं महाधिवेशन पर सर्‍यो

5 years ago Samaya Dristi 0
काठमाडौं , २९ जेठ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको मिति ९ दिन पर सारेको थप समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

5 years ago Samaya Dristi 0
पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । थप समाचार

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

5 years ago Samaya Dristi 0
पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो । प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ थप समाचार

हस्ताक्षरसहित गण्डकीको मुख्यमन्त्रीमा पोखरेलको दावी पेश

5 years ago Samaya Dristi 0
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको थप समाचार