जेठ २९ गते २०७८

गण्डकी प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनको धर्ना

पोखरा, २९ जेठ । गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी गठवन्धनले धर्ना दिएको छ । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको हो ।

प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए भने आज मुख्यमन्त्री गुरुङले पनि दावी गरेका छन् । प्रदेश प्रमु्खबाट अहिलसम्म कुनै सूचना आएको छैन ।

३१ सांसदको भौतिक उपस्थितिसहित हस्ताक्षर बुझाउँदा पनि नियुक्ती नगरिएको भन्दै विपक्षी गठवन्धनले आपत्ति जनाएको छ ।