असार १ गते २०७८
कोरोनाको खोप लगाएकामा समेत नयाँ भेरियन्ट पुष्टि, कति घातक ?
पोखरा, ०१ असार ।
कोरोना भाइरसले फेरि रुप बदलेको छ । दोस्रो लहरमा खतरनाक मानिएको डेल्टा भेरियन्ट अझै बढी आक्रामक बनेर आएको हो । भारत, बेलायतलगायतका देशमा रूप बदलेको कोरोना भाइरसका संक्रमित पाइएका छन् ।
भारतमा छ राज्यका आठ जनामा यो भेरियन्ट पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म बिटा भेरियन्टमा पाइएको म्युटेसन ९उत्परिवर्तन० अब डेल्टासम्म पुगेको हो, यसलाई डेल्टा प्लस भनिएको छ ।
वैज्ञानिकहरूले यो म्युटेसनलाई K417N नाम दिएका छन् । यो B.1.617 (डेल्टा) भेरियन्टमा पाइएकाे छ । त्यसैले यसलाई B.1.617.2.1 पनि भनिएकाे छ । साथै, यसलाई AY.1 को नामले पनि चिनिन्छ ।
भ्याक्सिन लगाएपछि पनि संक्रमण
K417N म्युटेसनले भाइरसको स्पाइक प्रोटिनमा ४१७ जस्तै परिवर्तन लिएर आएको छ, जसले सिधा मान्छेको शरीरमा हुने एन्टीबडीमा आक्रमण गर्छ । अर्थात्, यो भेरियन्ट निकै शक्तिशाली छ । यसले मान्छेलाई बारम्बार संक्रमित बनाउन सक्छ । यतिसम्म कि, भ्याक्सिन लगाएपछि पनि पुनः संक्रमित पार्नसक्ने आशंका गरिएको छ, जसलाई ब्रेक थ्रु इन्फेक्सनु भनिन्छ ।
प्राणघातक छैन, तर गम्भीरभन्दा कम छैन
नयाँ दिल्लीस्थित आईजीआईबीका विनोद स्कारियाका अनुसार यसले शरीरमा निकै गम्भीर असर गर्न सक्छ । किनकि, गत ७ जूनमा पब्लिक हेल्थ यूकेको रिपोर्टमा भनिएको थियो– इङ्ल्याण्डमा ३६ जनामा यसको पुष्टि भएको छ, जसले भ्याक्सिन लगाएका थिए । अन्य दुई जनामा भ्याक्सिन लगाएपछि पनि संक्रमण भएको थियो । मृत्यु भने कुनै बिरामीको भएको छैन । यद्यपि, यसमा अझै बढी अध्ययन हुन बाँकी नै छ । अहिलेसम्म भेटिएका तथ्यका आधारमा प्द्धज्ञठल् म्युटेसनले एन्टीबडी कक्टेल दबाईको असर कम गर्न सक्छ । यो दबाई दिल्लीसहित केही महानगरका प्राइभेट अस्पतालले बिरामीलाई दिइरहेका छन्, जसको एक खुराकको मूल्य कम्तीमा ५९ हजार भारु छ ।