जेठ ३० गते २०७८

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

पोखरा, ३० जेठ ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । प्रदेशमा सरकार परिवर्तन भएसँगै घिमिरेले राजीनामा दिएका हुन् ।

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा रहन्छ । घिमिरे तीन वर्षअघि मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।