भाद्र २ गते २०८०
पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान (फोटो फिचर)
पोखरा भाद्र २
पोखराका फोटो पत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कारबाट सम्मान गरिएको छ । विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो । उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । फोटोग्राफीको क्षेत्रमा लामो समयदेखी उल्लेख्य योगदान दिदैँ आएका गुरुङ फोटोपत्रकार समेत हुन् । सम्मानित हुँदै गुरुङले फोटोग्राफर संघ सम्पूर्ण फोटोग्राफरहरुको आस्था र विस्वासको संस्था रहेको बताए । उनले फोटोपत्रकार हुनका लागी एक कुशल फोटोग्राफर हुनुपर्ने कुरा बताए । फोटोपत्रकार हुनका लागि पहिला फोटोग्राफी सिक्नुपर्ने भएपनि पछिल्लो समय सिधै फोटोपत्रकार बन्दा चुनौती थपिएको उनको भनाई छ ।
कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक घनश्याम पौडेल सन्मानित व्यक्तित्व राम गुरुड.को जिवनी बारेमा मौखिक तथा बायोग्राफी भिडियो बनाइ प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले फोटोग्राफी विधा आजको निकै आवश्यकता भएको बताए । फोटोग्राफि विधा अन्य विधाको तुलनामा तिब्र गतिमा परिवर्तन भइरहेको बताए । विश्वमा अनौठा प्रविधिहरु आएको सुनाउँदै उनले अहिले आर्टिफिसियल प्रविधिमा प्रवेश गरिसकेको धारणा राखे । फोटोग्राफी गर्ने व्यावसायीहरु प्रविधिसंगै ढल्नुपर्ने बाध्यता आइपरेको बताए । हिजोजसरी स्टुडियोमा फोटो खिचेर जिवनयापन गर्ने स्थिति नभएकाले यसको परिमार्जन गर्न आवश्यकता रहेको औल्याए ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले फोटोग्राफी क्षेत्रमा भएको बिकास र फोटोपत्रकारिताले खेलेको भूमिकाबारे उल्लेख गर्दै फोटोग्राफी क्षेत्रमा महिलाको उपस्थितीले अरु महिलाको लागि पनि प्रेरणा मिल्ने कुरा व्यक्त गरिन । सो कार्यक्रममा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष बलराम शर्मा, महिला उपसमिति संयोजक रिता पौडेल, सिद्धार्थटोल बिकास संस्थाका सिमा कोइराला, कैलाश बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिनोदराज ढकाल, पोखरा उद्योग बाणिञ्य संघका प्रतिनिधी दिवशमान प्रधानाड.ग ले आआफनो मन्तव्य राखेका थिए । सोही कार्यक्रममा पूर्व पुरस्कार बिजता तथा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्ष बिश्वरत्न शाक्यले संस्थाले पुराना फोटोग्राफर तथा अग्रजहरुको सन्मान गर्दैै जानुपर्ने बताएका थिए । उक्त कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले यस्ता सन्मान कार्यक्रमले फोटोग्राफी क्षेत्रमा अझ हौसला मिल्ने बताउदै फोटोग्राफर संघ गण्डकीले पनि आगामी भाद्र २० गते बिभिन्न बिधाका पुरस्कार बितरण गरिने बारे गरेका जानाकारी गराएका थिए ।
दाश्रो सत्रको कार्यक्रममा पोखरा फोटोग्राफर संघका सचिव देवानन्द पोख्रेलले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए भने संघका कोषाध्यक्ष नन्दकला पौडेलले यस आर्थिक वर्ष को आयव्याय रिपोट गरेकिथिइन । पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भक्त तामाङ्ग ले स्वागत तथा सचिव देवानन्द पोख्रेलले कार्यक्रम संचालन गरेका थिए ।
Pokharacity.com