समाचार

विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

5 years ago Samaya Dristi 0
बैशाख २७, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बहुमत गुमाएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा ओलीले विश्वासको मत लिन राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्रीको बहुमत गुमेको हो । विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा थप समाचार

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

5 years ago Samaya Dristi 0
बैशाख २७, बैशाख । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  यस्तै संसदको विशेष अधिवेशन अन्तको थप समाचार

अब नेपालबाटै फेसबुक विज्ञापन गर्न मिल्ने

5 years ago Samaya Dristi 0
काठमाडौं, २७ बैशाख । फिट इन्टरनेशनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बनेको छ । नेपालमा पहिलो पटक भएको यस्तो साझेदारी डिजिटल मार्केटिङ एजेन्सीको उपलब्धिको रूपमा हेरिएको छ । यो साझेदारीले फेसबुक विज्ञापन खरिद गर्न चाहने डिजिटल मार्केटर र अन्य एजेन्सीहरूको लागि सहज बाटो खोलेको छ। अब नेपाली व्यावसायीले स्थानीय ज्ञान, सहयोग र विशेषज्ञताको माध्यमबाट फेसबुकबाट थप समाचार

एमाले विभाजन भए माधव-झलनाथ लाई साथ दिन्छु :वामदेव गौतम

5 years ago Samaya Dristi 0
काठमाडौं, २७ बैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालतिर उभिने निचोड निकालेका छन् । गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका हुन् । ‘यदि उहाँ (खनाल र नेपाल) हरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको थप समाचार

काठमाडौंमा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं, २७ बैशाख । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, थप समाचार

प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत

5 years ago Samaya Dristi 0
काठमाडौं, २७ बैशाख । प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्। संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस थप समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

5 years ago Samaya Dristi 0
पोखरा ,२६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन्। मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो। रुङले गुरुङले संविधानको धारा १६ को उपधारा १० (क) बमोजिम पदबाट दिएको राजीनामा पत्र आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा समेत स्वीकृत गरेकी छन्। थप समाचार

कोरोना भाइरस बाट पोखरामा आइतबारमात्रै १२ जनाको निधन

5 years ago Samaya Dristi 0
पोखरा ,२६ वैशाख । पोखरामा आइतबार थप एक जनाको कोरोनाबाट मृत्यु पुष्टि भए संगै मृतकको संख्या १२ पुगेको छ। मृतक पर्वत जिल्ला फलेवास नगरपालिका (५ निवासी ६४ वर्षीय पुरुष रहेका छन् । गत शुक्रबार कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा भर्ना भएका उनको उपचारकै क्रममा आज बिहान ९स्३२ बजेको थप समाचार

लुम्बिनी प्रदेश :मुख्यमन्त्रीविरुद्ध फेरि अविश्वास प्रस्ताव

5 years ago Samaya Dristi 0
बुटवल ,२६ वैशाख । । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गरिएको छ । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । विपक्षी गठबन्धनमा रहेका कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका ४० सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता थप समाचार

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

5 years ago Samaya Dristi 0
काठमाडौं ,२६ वैशाख । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिस गरेको हो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । थप समाचार