जेठ १६ गते २०७८
विपक्षी गठबन्धनको बैठक देउवा निवासमा
काठमाडौँ, १६ जेष्ठ । केपी शर्मा ओलीविरुद्ध राजनीतिक र कानुनी लडाईमा रहेका विपक्षी गठबन्धनका नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जारी छ ।
बैठकमा देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता सहभागी छन् । त्यस्तै, माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङ लगायत सहभागी छन् ।नेकपा एमालेबाट निष्कासित नेता माधवकुमार नेपाल, भीम रावल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई पनि बैठकमा छन् ।
विपक्षी गठबन्धनले सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिरहेको जनाएको छ ।काम चलाउ सरकारले पूर्ण बजेट ल्याएकोप्रति आक्रोसित विपक्षी गठबन्धनले सामूहिक रुपमा प्रतिवाद गर्ने तयारी गरेको स्रोतले बताएको छ ।