जेठ १६ गते २०७८

संसद विघटनविरूद्धका मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ, १६ जेष्ठ । प्रतिनिधिसभा विघटनविरूद्ध परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

शुक्रबार पहिलो सुनुवाइ भएका मुद्दाहरूमा बहस नसकिएकोले आज पनि सुनुवाइ हुन लागेको हो।संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ।

सरकारको सिफारिसमा जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको हो।